नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

साेमबार अपरान्ह गएकाे भूकम्पले जाजरकाेट र रुकुम पश्चिमका अधिकांंश सडकखण्ड अवरुद्ध

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर सोमबार अपरान्ह गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांंश सडकखण्ड अवरुद्ध भएका छन् । 

अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पले जाजरकोट रिम्ना–खलंगा सडकखण्डसमेत अवरुद्ध भएको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै भूकम्पले धजा फाटेको सडकखण्डमा लगातार पहिरो जाँदा राहत लिएर पुगेको सवारी तथा अभियन्तासमेत अलपत्र परेका छन्  । 

पहिरोले बाटो अवरुद्ध हुँदा रिम्ना–खलंगा सडकखण्डमा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री बाटोमै रोकिएका छन् । 

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् ।
जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

जनमत पार्टीकी सांसदविरुद्ध चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशकी जनमत पार्टीकी समानुपातिक सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीविरुद्ध पर्सा जिल्ला अदालतले चेक बाउन्सको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो

नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो

आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख...