नेभिगेशन
सबै कुरा

ढाकाकुमार श्रेष्ठविरुद्ध रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले दायर गरे मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टीका केन्द्रीय सदस्य मेहनजंग थापा  आफ्नो टेलिभिजन अन्तर्वार्तामा ढाका कुमार श्रेष्ठलाई मन्त्री बनाईदिने भन्दै आफूले पैसा मागेको भन्ने आरोपविरुद्ध कानूनी उपचारमा गएका छन् । उनले रास्वपाबाट निष्कासित सांसद ढाका कुमार श्रेष्ठले अन्तर्वार्तामा झुटो र कपोकल्पित आरोप लगाएको समेत बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले डा. ढाकाकुमार श्रेष्ठलाई कानून बमोजिमको कारवाहीको मागथ गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् । अन्तर्वार्ता सार्वजनिक हुने बित्तिकै पार्टीले प्रमाण सहित आउन भनेपनि २ महिना वितिसक्दा श्रेष्ठले कुनै पनि प्रमाण दिन नसकेको उल्लेख गरेका छन् । उनले अदालतको फैसला नआउँदासम्म पार्टीको कुनै पनि पदमा नबस्ने उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy

सामािजक सञ्जालमा थापाले लेखेका छन् – राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनको कारबाहीमा परी सांसद पद गुमाउनु भएका पूर्वसांसद डा. ढाका कुमार श्रेष्ठले टेलिभिजनहरूमा दिएको अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै मैले पैसा मागेको भन्दै झुटो, भ्रामक र कपोलकल्पित आरोप लगाएका थिए । मैले त्यही बेलामा भने बमोजिम म कानुनी उपचारमा गएको छु । मेरो पार्टीले यस्तो अन्तर्वार्ता सार्वजनिक हुने बित्तिकै प्रमाण सहित आउन भनेको थियो तर २ महिना विति सक्दा पनि कुनै प्रमाण पार्टीले प्राप्त गरेको छैन ।  उनको गैर जिम्मेवार अभिव्यक्तिले मेरो प्रतिष्ठा र चरित्र हत्या हुने किसिमको कामको विरुद्धमा प्रचलित कानुनले तोकेको ुवाक् तथा प्रकाशन स्वतन्त्रताुको सीमा र दायरा नागेर दिइएको उक्त अभिव्यक्ति विरुद्धमा मैले सम्मानित काठमाडौं जिल्ला अदालतमा कानुनी उपचार र निजलाई कानुन बमोजिम कारवाहीको समेत माग गरी मुद्दा दायर गरेको छु । देश बनाउने महाअभियानमा लागेको, धेरैले आश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गर्ने नियतले गरिएको यस हर्कतलाई नजरअन्दाज गर्नु भनेको जनतालाई धोका दिनु सरह हो । त्यसैले मैले यो निर्णय लिएको हुँ । व्यक्तिगत जीवनमा मेरा कमी कमजोरी हुन् सक्लान् तर, देश बनाउने हिँडेको एक नयाँ पार्टीलाई बदनाम गरेको मलाई कति पनि सह्यय छैन।  पार्टीको अनुशासन समिति, केन्द्रीय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण  रेकर्ड मै रहेको होला भन्ने समेत स्मरण गराउन चाहन्छु। म, अदालतबाट यस विषयमा न्याय पाउने र भ्रामक हल्ला गर्ने लाई कारबाही हुनेमा निश्चित छु। त्यसैले अदालतको फैसला नआएसम्म म पार्टीको कुनै पनि पदमा नबस्ने जानकारी गराउन चाहन्छु । ब्यक्तीगतका रुपमा मेरा कयौं कमी कमजोरी होलान तर राजनीतिक रुपमा मैले उच्च नैतिकता राख्न सक्नु पर्छ।  मेरा विरुद्ध आरोप लगाउनेले  प्रमाण द्वारा पुष्टि गर्न नसक्दा नसक्दै पनि, मेरो पार्टीले मलाई कुनै कारवाही गर्नु पर्ने परिस्थिति नहुदा नहुदैपनि, कहिँ कतै कासैको मनमा शंका, भ्रम नरहोस् भनेर मैले कानुनी लडाइको किनार नलागे सम्मका लागि जिम्मेवारी भन्दा बाहिर रहने निर्णय गरेको हुँ। तर, आफ्नो  र आफ्नो पार्टीको मान प्रतिष्ठामा म कुनै सम्झौता गर्न नसक्ने भएर  नै मैले यस्तो निर्णय लिएको छु । मेरो इज्जत र चरित्रमा पुगेको धक्का परिपुरण त कदापि हुनसक्दैन तथापि  न्यायिक सन्देशका निमित्त रु। १ मात्र क्षतिपूर्तिको दावी गरी फिराद दायर गरेको छु ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै