नेभिगेशन
सबै कुरा

ढाकाकुमार श्रेष्ठविरुद्ध रास्वपा केन्द्रीय सदस्य मोहनजंग थापाले दायर गरे मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतनत्र पार्टीका केन्द्रीय सदस्य मेहनजंग थापा  आफ्नो टेलिभिजन अन्तर्वार्तामा ढाका कुमार श्रेष्ठलाई मन्त्री बनाईदिने भन्दै आफूले पैसा मागेको भन्ने आरोपविरुद्ध कानूनी उपचारमा गएका छन् । उनले रास्वपाबाट निष्कासित सांसद ढाका कुमार श्रेष्ठले अन्तर्वार्तामा झुटो र कपोकल्पित आरोप लगाएको समेत बताएका छन् । 

थापाले डा. ढाकाकुमार श्रेष्ठलाई कानून बमोजिमको कारवाहीको मागथ गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् । अन्तर्वार्ता सार्वजनिक हुने बित्तिकै पार्टीले प्रमाण सहित आउन भनेपनि २ महिना वितिसक्दा श्रेष्ठले कुनै पनि प्रमाण दिन नसकेको उल्लेख गरेका छन् । उनले अदालतको फैसला नआउँदासम्म पार्टीको कुनै पनि पदमा नबस्ने उल्लेख गरेका छन् । 

सामािजक सञ्जालमा थापाले लेखेका छन् – राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनको कारबाहीमा परी सांसद पद गुमाउनु भएका पूर्वसांसद डा. ढाका कुमार श्रेष्ठले टेलिभिजनहरूमा दिएको अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै मैले पैसा मागेको भन्दै झुटो, भ्रामक र कपोलकल्पित आरोप लगाएका थिए । मैले त्यही बेलामा भने बमोजिम म कानुनी उपचारमा गएको छु । मेरो पार्टीले यस्तो अन्तर्वार्ता सार्वजनिक हुने बित्तिकै प्रमाण सहित आउन भनेको थियो तर २ महिना विति सक्दा पनि कुनै प्रमाण पार्टीले प्राप्त गरेको छैन ।  उनको गैर जिम्मेवार अभिव्यक्तिले मेरो प्रतिष्ठा र चरित्र हत्या हुने किसिमको कामको विरुद्धमा प्रचलित कानुनले तोकेको ुवाक् तथा प्रकाशन स्वतन्त्रताुको सीमा र दायरा नागेर दिइएको उक्त अभिव्यक्ति विरुद्धमा मैले सम्मानित काठमाडौं जिल्ला अदालतमा कानुनी उपचार र निजलाई कानुन बमोजिम कारवाहीको समेत माग गरी मुद्दा दायर गरेको छु । देश बनाउने महाअभियानमा लागेको, धेरैले आश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गर्ने नियतले गरिएको यस हर्कतलाई नजरअन्दाज गर्नु भनेको जनतालाई धोका दिनु सरह हो । त्यसैले मैले यो निर्णय लिएको हुँ । व्यक्तिगत जीवनमा मेरा कमी कमजोरी हुन् सक्लान् तर, देश बनाउने हिँडेको एक नयाँ पार्टीलाई बदनाम गरेको मलाई कति पनि सह्यय छैन।  पार्टीको अनुशासन समिति, केन्द्रीय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण  रेकर्ड मै रहेको होला भन्ने समेत स्मरण गराउन चाहन्छु। म, अदालतबाट यस विषयमा न्याय पाउने र भ्रामक हल्ला गर्ने लाई कारबाही हुनेमा निश्चित छु। त्यसैले अदालतको फैसला नआएसम्म म पार्टीको कुनै पनि पदमा नबस्ने जानकारी गराउन चाहन्छु । ब्यक्तीगतका रुपमा मेरा कयौं कमी कमजोरी होलान तर राजनीतिक रुपमा मैले उच्च नैतिकता राख्न सक्नु पर्छ।  मेरा विरुद्ध आरोप लगाउनेले  प्रमाण द्वारा पुष्टि गर्न नसक्दा नसक्दै पनि, मेरो पार्टीले मलाई कुनै कारवाही गर्नु पर्ने परिस्थिति नहुदा नहुदैपनि, कहिँ कतै कासैको मनमा शंका, भ्रम नरहोस् भनेर मैले कानुनी लडाइको किनार नलागे सम्मका लागि जिम्मेवारी भन्दा बाहिर रहने निर्णय गरेको हुँ। तर, आफ्नो  र आफ्नो पार्टीको मान प्रतिष्ठामा म कुनै सम्झौता गर्न नसक्ने भएर  नै मैले यस्तो निर्णय लिएको छु । मेरो इज्जत र चरित्रमा पुगेको धक्का परिपुरण त कदापि हुनसक्दैन तथापि  न्यायिक सन्देशका निमित्त रु। १ मात्र क्षतिपूर्तिको दावी गरी फिराद दायर गरेको छु ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

पूर्वमन्त्री दिपक खड्काको कम्पनीलाई स्काउटको ७ दिने अल्टीमेटम, भाडा नतिरे भवन जफत गरिने

स्काउटले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम नतिरे जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी...
आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का...
जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

जेनजी आन्दोलन जाँचबुझ आयोगको आइजीजीलााई २४ घण्टे स्पष्टीकरणः कारवाही किन नगर्ने ?

यस अघि आयोगले जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको विवरण माग गरेको थियो । प्रहरीले भने आन्दोलनको दिन आइजीपी देखि देशैभरका प्रही जवानसम्म सबै फिल्डमा खटिएका जवाफ पठाएको...
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...