नेभिगेशन
समाज

साफ महिला यु–२० च्याम्पियनसिप: पहिलो हारको बदला संगै आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । नेपालले साफ महिला यु–२० च्याम्पियनसिपको अन्तिम खेल आज घरेलु टोली बंगलादेशसंग खेल्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बंगलादेशको ढाकाको किङ्स एरेनामा आज साँझ नेपाली समय आनुसार ६ः४५ बजे खेल सुरु हुँदैछ । नेपालका लागि यो खेल जित्नै पर्नेमा दबाबमा रहदा यता बंगलादेशका लागि भने बराबरीमा नेपाललाई रोक्न सकेमा पनि उसले उपाधि उचाल्ने छ । नेपालका लागि उपाधिको हिसाबले मात्र नभइ, आजको खेल च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसंग व्यहोरेको ३–२ गोलको हारको बदला लिने अवसर पनि हुने छ ।

Ncell
Extreme Energy

दुवै टोलीले समुृह चरणका पाँच–पाँच खेल खेलिसकेका छन् । जसमा बंगलादेश शतप्रतिशत जित निकालेर १५ अंक सहित शीर्ष स्थानमा रहदा यता नेपाल भने १२ अंक सहित दोस्रो स्थानमा रहेको छ । नेपालले बंगलादेशलाई जित्दा गोल संख्याको आधारमा नेपाल विजेता बन्नेछ ।  नेपालको गोल संख्या ३० भने बंगलादेशको २४ मात्रै छ । तर, बंगलादेशले नेपाललाई बराबरीमा रोक्यो भने उपाधि बंगलादेश उचाल्ने छ । 

नेपालले यस अघिका खेलहरुमा श्रीलंकामाथि ७–० को दोहोरो जित निकालेको छ भने भुटानलाई ८–० ले जितेको छ । खेलको अन्तीम समयको पाँचौ मिनेटमा नेपाल सम्हालिन नसक्दा आफ्नो पहिलो खेलमा बंगलादेश संग २–३ गोल अन्तरले हार व्यहोर्नु परेको थियो । तर पछिल्ला तीन खेलमा नेपालले एउटा पनि गोल खाएको छैन । पाँच खेलमा नेपालकी स्ट्राइकर पूर्णिमा राईले व्यक्तिगत १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक स्कोरर बनेकी छन् । 

पहिलो खेलको हारको बदला लिँदै उपाधि सहित नेपाली महिला टोली नेपाल फर्कने आत्मविश्वासका साथ नेपाली टोली मैदानमा उत्रदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव भएको बताएका छन् ।
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...