नेभिगेशन
समाज

साफ महिला यु–२० च्याम्पियनसिप: पहिलो हारको बदला संगै आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । नेपालले साफ महिला यु–२० च्याम्पियनसिपको अन्तिम खेल आज घरेलु टोली बंगलादेशसंग खेल्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बंगलादेशको ढाकाको किङ्स एरेनामा आज साँझ नेपाली समय आनुसार ६ः४५ बजे खेल सुरु हुँदैछ । नेपालका लागि यो खेल जित्नै पर्नेमा दबाबमा रहदा यता बंगलादेशका लागि भने बराबरीमा नेपाललाई रोक्न सकेमा पनि उसले उपाधि उचाल्ने छ । नेपालका लागि उपाधिको हिसाबले मात्र नभइ, आजको खेल च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसंग व्यहोरेको ३–२ गोलको हारको बदला लिने अवसर पनि हुने छ ।

Ncell
Extreme Energy

दुवै टोलीले समुृह चरणका पाँच–पाँच खेल खेलिसकेका छन् । जसमा बंगलादेश शतप्रतिशत जित निकालेर १५ अंक सहित शीर्ष स्थानमा रहदा यता नेपाल भने १२ अंक सहित दोस्रो स्थानमा रहेको छ । नेपालले बंगलादेशलाई जित्दा गोल संख्याको आधारमा नेपाल विजेता बन्नेछ ।  नेपालको गोल संख्या ३० भने बंगलादेशको २४ मात्रै छ । तर, बंगलादेशले नेपाललाई बराबरीमा रोक्यो भने उपाधि बंगलादेश उचाल्ने छ । 

नेपालले यस अघिका खेलहरुमा श्रीलंकामाथि ७–० को दोहोरो जित निकालेको छ भने भुटानलाई ८–० ले जितेको छ । खेलको अन्तीम समयको पाँचौ मिनेटमा नेपाल सम्हालिन नसक्दा आफ्नो पहिलो खेलमा बंगलादेश संग २–३ गोल अन्तरले हार व्यहोर्नु परेको थियो । तर पछिल्ला तीन खेलमा नेपालले एउटा पनि गोल खाएको छैन । पाँच खेलमा नेपालकी स्ट्राइकर पूर्णिमा राईले व्यक्तिगत १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक स्कोरर बनेकी छन् । 

पहिलो खेलको हारको बदला लिँदै उपाधि सहित नेपाली महिला टोली नेपाल फर्कने आत्मविश्वासका साथ नेपाली टोली मैदानमा उत्रदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।