नेभिगेशन
विचार

एमाले अध्यक्ष ओलीलाई प्रकाश पौडेलको खुल्ला पत्रः आफ्नै नेताबाट 'हारेकाहरू' भन्ने शब्द प्रहारले मुटु छियाछिया हुँदो रहेछ अध्यक्ष ज्यू

मेरो आदर्श, श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यू,
आज मनमा शब्दहरूभन्दा धेरै भावनाहरू छन्, र ती भावनाहरू पोख्न म सामाजिक सञ्जालको सहारा लिँदै छु। आज म यहाँ कुनै पद हार्दाको पीडा सुनाउन आएको होइन, बरु एउटा निष्ठावान् कार्यकर्ताको मनमा लागेको गहिरो चोट र उसले आफ्नो आदर्शसँग सोध्न चाहेको एउटा प्रश्न लिएर आएको छु।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मलाई २०६४ सालको त्यो अँध्यारो समय राम्रोसँग याद छ। जब हाम्रा कार्यकर्ताहरूमाथि खुल्लमखुल्ला आक्रमण हुन्थ्यो, जब हामी निरीह र भयभीत थियौँ, त्यति बेला त्यही अन्धकारलाई चिर्दै एउटा आशाको किरण बनेर तपाईँको नाम गुन्जिएको थियो केपी शर्मा ओली! त्यही एउटा नामले म जस्तो किशोरको मनमा एउटा अमिट छाप छोड्यो नेता यस्तो हुनुपर्छ! जो सत्य बोल्छ, जो अन्यायसँग लड्छ! त्यही दिनदेखि तपाईँ मेरो आदर्श बन्नुभयो।

Extreme Energy
citizen life

त्यही आदर्शको पछि लाग्दा मैले के-के भोगेँ, त्यसको हिसाबकिताब कहिल्यै राखिनँ। म्याग्दीको गाउँबाट पैसा उठाएर, भोकै पेट, तपाईँको एउटा आवाज सुन्न पोखरासम्म आउनु मेरा लागि तीर्थयात्रा जस्तै थियो। जब-जब सङ्गठनभित्र तपाईँको पक्षमा बोल्दा ममाथि घेराबन्दी हुन्थ्यो, मलाई अपमानित गरिन्थ्यो, मैले त्यसलाई तपाईँको विचारको लागि चुकाएको सानो मूल्य सम्झिएँ। २०६७ होस् वा २०६९ , २०७२ सालको महाधिवेशन, म तपाईँको विचारको झन्डा बोकेर लडिरहेँ।

जब पार्टी एकताको नाममा नेकपालाई कब्जा गरेर हाम्रो सूर्यलाई निल्ने षड्यन्त्र भयो, जब तपाईँमाथि चारैतिरबाट घेराबन्दी भयो, त्यति बेला धेरै ठुला नेताहरू मौन थिए, सुरक्षित घरभित्र बसेका थिए। तर म, तपाईँको एउटा सामान्य सिपाही, तपाईँको रक्षाको लागि सडकमा थिएँ। गण्डकी प्रदेशको विद्यार्थी भेलाको अध्यक्षता गर्दै म तपाईँको पक्षमा गर्जिरहेको थिएँ। त्यो मेरो रगतको नाता थियो, विचारको समर्पण थियो।

७ मतले हार्नु मेरो भाग्य होला, त्यो अङ्कगणितलाई मैले सहर्ष स्वीकार गरेँ। तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट "असन्तुष्ट" र "हारेकाहरू" भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू... छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ... मुटु छियाछिया हुँदो रहेछ। हिजो सडकमा तपाईँको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौँ गुणा गहिरो हुँदो रहेछ।


र आज... आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ। मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइनँ। केवल तपाईँले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ। मैले प्रतिस्पर्धा रोजेँ।
त्यसैले आज म सोध्न चाहन्छु, अध्यक्ष ज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो? के कार्यकर्ताको माझमा जानु पाप हो?
७ मतले हार्नु मेरो भाग्य होला, त्यो अङ्कगणितलाई मैले सहर्ष स्वीकार गरेँ। तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट "असन्तुष्ट" र "हारेकाहरू" भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू... छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ... मुटु छियाछिया हुँदो रहेछ। हिजो सडकमा तपाईँको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौँ गुणा गहिरो हुँदो रहेछ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रकाश पौडेल

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रकाश पौडेल 

हामीलाई थाहा छ, तपाईँलाई एउटा सीमित घेराले भ्रममा पारेको छ। तपाईँको वरिपरि एउटा यस्तो पर्खाल खडा गरिएको छ, जसले तपाईँलाई आम कार्यकर्ताको साँचो आवाज सुन्नबाट रोकिरहेको छ। त्यो घेराले तपाईँलाई एउटा यस्तो कथा सुनाउँछ, जहाँ प्रश्न सोध्नेहरू शत्रु हुन्, प्रतिस्पर्धा गर्नेहरू विद्रोही हुन् र मौन बस्नेहरू मात्र भक्त हुन्। उनीहरू तपाईँ र हामीजस्ता कार्यकर्ताको बिचमा एउटा खाडल खनेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन्। तर म आज यही मञ्चबाट, त्यो घेरालाई चुनौती दिँदै भन्न चाहन्छु— तपाईँ हाम्रो टावर नेता हो! हाम्रो अभिभावक हो! हाम्रो लडाइँ तपाईँको विरुद्धमा होइन, बरु तपाईँलाई त्यो भ्रमको पर्खालबाट बाहिर निकाल्नको लागि हो। हाम्रो सङ्घर्ष तपाईँलाई कमजोर बनाउन होइन, तपाईँलाई कार्यकर्ताको शक्तिसँग जोडेर अझ शक्तिशाली बनाउनको लागि हो।

अन्त्यमा, म प्रकाश पौडेल, आज सबैको सामुन्ने एउटा प्रण गर्छु।
मलाई कुनै पद चाहिँदैन मलाई कुनै प्रतिष्ठा चाहिँदैन। मलाई त केवल देशको निम्ति हाम्रो सफल योगदान र समर्पण दिन यो पार्टी चाहिन्छ, सूर्य अङ्कित झन्डा चाहिन्छ र तपाईँले देखेको "समृद्ध नेपाल, सुखी नेपाली" को सपना चाहिन्छ।
जसले जेसुकै भनोस्, म यहीँ छु, यहीँ रहन्छु! यही माटोमा लड्छु र यही माटोमा मर्छु! तर पार्टी र विचारको लागि लड्न कहिल्यै छोड्दिनँ। मेरो रगत र पसिनाको हरेक थोपा यो देश र पार्टीको लागि समर्पित छ।
तपाईँले भन्नुहुन्छ सत्य सँग नलड्ने शक्ति सँग नझुक्ने

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विचार
अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

अमेरिकी सहायक विदेशमन्त्री समीर पल काठमाडौँमा

उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी तीन दिन काठमाडौँमा बिताउने छन् । रास्वपा नेतृत्वमा नयाँ सरकार बनेसँगै सम्बन्ध विस्तारका लागि नेपाल आएका कपुरले काठमाडौँ बसाईका क्रममा...
काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी, काठमाडौँ–दिल्ली उडान सेवा विस्तार

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी, काठमाडौँ–दिल्ली उडान सेवा विस्तार

निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले...
आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ...
चितवनमा आइतबार परेको असिनाले ७४ सवारीसाधनमा क्षति

चितवनमा आइतबार परेको असिनाले ७४ सवारीसाधनमा क्षति

कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोेटरसाइकल र ट्रक एक÷एक छन् ।