मेरो आदर्श, श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यू,
आज मनमा शब्दहरूभन्दा धेरै भावनाहरू छन्, र ती भावनाहरू पोख्न म सामाजिक सञ्जालको सहारा लिँदै छु। आज म यहाँ कुनै पद हार्दाको पीडा सुनाउन आएको होइन, बरु एउटा निष्ठावान् कार्यकर्ताको मनमा लागेको गहिरो चोट र उसले आफ्नो आदर्शसँग सोध्न चाहेको एउटा प्रश्न लिएर आएको छु।
मलाई २०६४ सालको त्यो अँध्यारो समय राम्रोसँग याद छ। जब हाम्रा कार्यकर्ताहरूमाथि खुल्लमखुल्ला आक्रमण हुन्थ्यो, जब हामी निरीह र भयभीत थियौँ, त्यति बेला त्यही अन्धकारलाई चिर्दै एउटा आशाको किरण बनेर तपाईँको नाम गुन्जिएको थियो केपी शर्मा ओली! त्यही एउटा नामले म जस्तो किशोरको मनमा एउटा अमिट छाप छोड्यो नेता यस्तो हुनुपर्छ! जो सत्य बोल्छ, जो अन्यायसँग लड्छ! त्यही दिनदेखि तपाईँ मेरो आदर्श बन्नुभयो।
त्यही आदर्शको पछि लाग्दा मैले के-के भोगेँ, त्यसको हिसाबकिताब कहिल्यै राखिनँ। म्याग्दीको गाउँबाट पैसा उठाएर, भोकै पेट, तपाईँको एउटा आवाज सुन्न पोखरासम्म आउनु मेरा लागि तीर्थयात्रा जस्तै थियो। जब-जब सङ्गठनभित्र तपाईँको पक्षमा बोल्दा ममाथि घेराबन्दी हुन्थ्यो, मलाई अपमानित गरिन्थ्यो, मैले त्यसलाई तपाईँको विचारको लागि चुकाएको सानो मूल्य सम्झिएँ। २०६७ होस् वा २०६९ , २०७२ सालको महाधिवेशन, म तपाईँको विचारको झन्डा बोकेर लडिरहेँ।
जब पार्टी एकताको नाममा नेकपालाई कब्जा गरेर हाम्रो सूर्यलाई निल्ने षड्यन्त्र भयो, जब तपाईँमाथि चारैतिरबाट घेराबन्दी भयो, त्यति बेला धेरै ठुला नेताहरू मौन थिए, सुरक्षित घरभित्र बसेका थिए। तर म, तपाईँको एउटा सामान्य सिपाही, तपाईँको रक्षाको लागि सडकमा थिएँ। गण्डकी प्रदेशको विद्यार्थी भेलाको अध्यक्षता गर्दै म तपाईँको पक्षमा गर्जिरहेको थिएँ। त्यो मेरो रगतको नाता थियो, विचारको समर्पण थियो।
७ मतले हार्नु मेरो भाग्य होला, त्यो अङ्कगणितलाई मैले सहर्ष स्वीकार गरेँ। तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट "असन्तुष्ट" र "हारेकाहरू" भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू... छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ... मुटु छियाछिया हुँदो रहेछ। हिजो सडकमा तपाईँको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौँ गुणा गहिरो हुँदो रहेछ।
र आज... आज त्यही लामो यात्रा र त्यागपछि, मैले पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास गरेँ। मैले कुनै विद्रोह गरिनँ, कुनै गुट बनाइनँ। केवल तपाईँले नै बनाउनुभएको विधानमा टेकेर, कार्यकर्ताको माझमा जाने आँट गरेँ। मैले प्रतिस्पर्धा रोजेँ।
त्यसैले आज म सोध्न चाहन्छु, अध्यक्ष ज्यू, के लोकतान्त्रिक प्रतिस्पर्धा गर्नु अपराध हो? के कार्यकर्ताको माझमा जानु पाप हो?
७ मतले हार्नु मेरो भाग्य होला, त्यो अङ्कगणितलाई मैले सहर्ष स्वीकार गरेँ। तर जब लोकतन्त्रको त्यही मन्दिरमा, आफ्नै अभिभावकबाट, आफ्नै नेताबाट "असन्तुष्ट" र "हारेकाहरू" भन्ने शब्दले प्रहार हुन्छ, तब मन रुँदो रहेछ अध्यक्ष ज्यू... छातीभित्र कतै गहिरो चोट लाग्दो रहेछ... मुटु छियाछिया हुँदो रहेछ। हिजो सडकमा तपाईँको लागि लड्दा पाएको हरेक चोटभन्दा यो शब्दको चोट कैयौँ गुणा गहिरो हुँदो रहेछ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रकाश पौडेल
हामीलाई थाहा छ, तपाईँलाई एउटा सीमित घेराले भ्रममा पारेको छ। तपाईँको वरिपरि एउटा यस्तो पर्खाल खडा गरिएको छ, जसले तपाईँलाई आम कार्यकर्ताको साँचो आवाज सुन्नबाट रोकिरहेको छ। त्यो घेराले तपाईँलाई एउटा यस्तो कथा सुनाउँछ, जहाँ प्रश्न सोध्नेहरू शत्रु हुन्, प्रतिस्पर्धा गर्नेहरू विद्रोही हुन् र मौन बस्नेहरू मात्र भक्त हुन्। उनीहरू तपाईँ र हामीजस्ता कार्यकर्ताको बिचमा एउटा खाडल खनेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन्। तर म आज यही मञ्चबाट, त्यो घेरालाई चुनौती दिँदै भन्न चाहन्छु— तपाईँ हाम्रो टावर नेता हो! हाम्रो अभिभावक हो! हाम्रो लडाइँ तपाईँको विरुद्धमा होइन, बरु तपाईँलाई त्यो भ्रमको पर्खालबाट बाहिर निकाल्नको लागि हो। हाम्रो सङ्घर्ष तपाईँलाई कमजोर बनाउन होइन, तपाईँलाई कार्यकर्ताको शक्तिसँग जोडेर अझ शक्तिशाली बनाउनको लागि हो।
अन्त्यमा, म प्रकाश पौडेल, आज सबैको सामुन्ने एउटा प्रण गर्छु।
मलाई कुनै पद चाहिँदैन मलाई कुनै प्रतिष्ठा चाहिँदैन। मलाई त केवल देशको निम्ति हाम्रो सफल योगदान र समर्पण दिन यो पार्टी चाहिन्छ, सूर्य अङ्कित झन्डा चाहिन्छ र तपाईँले देखेको "समृद्ध नेपाल, सुखी नेपाली" को सपना चाहिन्छ।
जसले जेसुकै भनोस्, म यहीँ छु, यहीँ रहन्छु! यही माटोमा लड्छु र यही माटोमा मर्छु! तर पार्टी र विचारको लागि लड्न कहिल्यै छोड्दिनँ। मेरो रगत र पसिनाको हरेक थोपा यो देश र पार्टीको लागि समर्पित छ।
तपाईँले भन्नुहुन्छ सत्य सँग नलड्ने शक्ति सँग नझुक्ने
देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो अवस्था स्पष्ट पारेका हुन ।...मंगलबार, असोज २८, २०८२
नगरपालिकाले उद्योग–व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिए । भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग–व्यावसायलाई प्रतिकूल...मंगलबार, असोज २८, २०८२
बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ । बैंकले १० ग्राम प्रति सिक्काको मूल्य ३२ सय...मंगलबार, असोज २८, २०८२
२४ गतेको आन्दोलनका क्रममा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो भने उनीहरुको घरमा आगजनी गरिएको थियो । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सेनाकै रोहबरमा उपचार गरिएको थियो ।मंगलबार, असोज २८, २०८२