नेभिगेशन
समाज

रोल्पा दुर्घटनाः जिप ८०० मिटर तल खसेपछि यसरी गरियो उद्धार (फोटोफिचर)

काठमाडौँ । रोल्पामा बिहीबार भएको जिप दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले आज पनि उद्धार कार्य जारी राखेका छन् ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहकार्यमा उद्धार भएको हो । 

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ ।  दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार तथा खोजी कार्यमा खटिएको थियो । भौगोलिक विकटता, वर्षा भइरहेको तथा राति भइसकेकाले खोजी तथा उद्धारमा कठिनाइ भएको थियो । 

Ncell
Extreme Energy

दुघएटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । 

समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ । 

Rolpa-Accident_2-1777627346.jpg

Rolpa-Accident_1-1777627346.jpg

Rolpa-Accident_3-1777627337.jpg

Rolpa-Accident_4-1777627337.jpg

Rolpa-Accident_6-1777627329.jpg

Rolpa-Accident_5-1777627330.jpg

Rolpa-Accident_7-1777627322.jpg

Rolpa-Accident_8-1777627322.jpg

Rolpa-Accident_9-1777627316.jpg

Rolpa-Accident_10-1777627316.jpg

Rolpa-Accident_121-1777627315.jpg

Rolpa-Accident_11-1777627315.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...