नेभिगेशन
समाज

कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने: पूर्वानुमान महाशाखा

काठमाडौँ । बंगालको खाडीमा विकसित चापीय क्षेत्र चक्रवातीय आँधीमा परिणत हुने सम्भावना रहेकाले आगामी कात्तिक ११ देखि १५ गतेसम्म (अक्टोबर २८ देखि नोभेम्बर १ सम्म) नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (अक्टोबर २३) बिहान ५ः४५ बजे पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडीको आसपास न्यून चापीय क्षेत्र विकसित भएको हो ।

Ncell
Extreme Energy


उक्त मौसम प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार (अक्टोबर २६) चक्रवातीय आँधीमा विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।


यस मौसम प्रणालीका कारण कात्तिक ११ गते बुधबार (अक्टोबर २८) देखि कात्तिक १५ गते आइतबार (नोभेम्बर १) सम्म नेपालको मौसम प्रभावित हुन सक्ने विभागले जनाएको छ ।
यद्यपि, यस प्रणालीका कारण नेपालमा हुने वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ ।


सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । प्रणालीको विकासक्रम र सम्भावित प्रभावबारे आवश्यकताअनुसार थप सूचना सार्वजनिक गरिने विभागले जनाएको छ ।


विभागले मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि आफूले जारी गर्ने सूचनाहरू नियमित रूपमा अवलोकन गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...