नेभिगेशन
समाज

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

काठमाडौँ । अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए । उनका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवद्र्धन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Ncell
Extreme Energy

बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । उक्त परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिनेछ ।

बैठकले स्वीकृत गरेको अर्को परियोजना अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ हो । उक्त परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्व–अवधारणापत्र स्वीकृत भएको हो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले कार्यान्वयन गर्ने लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाको करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ ।

यसैबीच भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त परिचालन गर्ने विषय आगामी बोर्ड बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकमा समय अभावका कारण उक्त विषयमा निर्णय हुन नसकेपछि आगामी वैशाखमा हुने बोर्ड बैठकमा छलफल तथा निर्णयका लागि एजेन्डा स्वीकृत गरिएको जनाइएको छ । उक्त पहलले भोटेकोशी विपद्बाट प्रभावित समुदायको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

एनपिएल : दक्षिण अफ्रिकाका मिलर कर्णालीमा आबद्ध

मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२०...
एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ...
पोखरा–दुबई सिधा उडानमार्फत एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा–दुबई सिधा उडानमार्फत एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरेका छन् ।