नेभिगेशन
समाज

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले विश्व जगत्लाई शान्तिको सन्देश दिएको बताएका छन्।

पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीका अवसरमा सूर्योदय योग ध्यान केन्द्रले शुक्रबार तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक उद्यानमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देशले सबैको जीवनमा प्रकाश छर्ने विश्वास व्यक्त गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री खनालले शान्तिका प्रतीक गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको चर्चा गरेका थिए। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

Ncell
Extreme Energy

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।