नेभिगेशन
समाज

स्वदेश फर्कियो साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली

काठमाडौँ । साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बंगलादेशमा भएको प्रतियोगितामा उपविजेता भएको नेपाली टोली मंगलबार अपरान्ह स्वदेश फर्किएको हो । नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि कप्तान विर्सना चौधरीले अन्तिम खेलमा सवै खेलाडीले राम्रो प्रदर्शन गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न असफल भएको बताइन् । 

Ncell
Extreme Energy

त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरुले निरन्तर खेल्दा थकान महशुस गरेको र त्यसको असर अन्तिम खेलमा देखिएको बताए । 

प्रतियोगिताको अन्तिम खेलमा आयोजक बंगलादेशसँग पराजित भएपछि नेपाल उपबिजेतामा सिमित हुन पुगेको थियो । बंगलादेश, नेपाल, भुटान र श्रीलंकाको सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जित्दै च्याम्पियन बन्न सफल भयो भने नेपाल ४ खेल जित्दै उपविजेता बन्यो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।