नेभिगेशन
सबै कुरा

मेयर साम्पाङको धम्कीदेखि डराएका मन्त्री किराती, धरानमा विमानस्थलको सम्भावना अध्ययन गर्न समिति गठन

धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समिति गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन पहल गरिदिन आग्रह गरेको पत्र सामाजिक संजाल फेसबुकमा अपलोड गरेका थिए । 

Ncell
Extreme Energy


उनले पत्र मात्रै सार्वजनिक गरेका थिएनन्, त्यसपछि धरानमा विमानस्थल बनाउनुपर्छ नत्र भन्दै सरकारलाई नै धम्कीपूर्ण अभिव्यक्ति सामाजिक संजालमा लेखेका थिए । 

‘विराटनगरमा एयरपोर्ट छ भन्दैमा धरानमा नचाहिने भन्ने हुँदैन !  धरानमा पनि बनाउनु पर्छ है सरकार.. नत्र’, उनले धम्काउँदै लेखेका थिए । 


उनको धम्कीपूर्ण स्टाटसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण गर्न अध्ययन समिति गठन गर्न नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएको फेसबुकमार्फत जानकारी गराएका थिए । 

उनले लेखेका थिए, ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएको छ ।’


उनको यो स्टाटसको स्क्रिनसट राख्दै धरानका मेयरले मन्त्री किरातीलाई धन्यवाद दिएका थिए । 

मेयरको धम्कीपूर्ण स्टाटस र उनको रवाफदेखि डराएका मन्त्री किरातीले निर्देशन दिनासाथ प्राधिकरणले समेत अध्ययन समिति गठन गरेको छ । 

प्राधिकरणले प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।

यो समितिले धरानमा विमानस्थल बनाउन सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । 

देशभरी हाल दर्जनौँ विमानस्थल उडान भर्न नसकेर ठप्प छन् । तर यहि अवस्थामा मेयरको धम्कीकै कारण विमानस्थलबारे अध्ययन गर्न समिति बनाउनु शक्तिको चरम दुरुपयोग हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...