नेभिगेशन
सबै कुरा

मेयर साम्पाङको धम्कीदेखि डराएका मन्त्री किराती, धरानमा विमानस्थलको सम्भावना अध्ययन गर्न समिति गठन

धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समिति गठन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन पहल गरिदिन आग्रह गरेको पत्र सामाजिक संजाल फेसबुकमा अपलोड गरेका थिए । 

Ncell
Extreme Energy


उनले पत्र मात्रै सार्वजनिक गरेका थिएनन्, त्यसपछि धरानमा विमानस्थल बनाउनुपर्छ नत्र भन्दै सरकारलाई नै धम्कीपूर्ण अभिव्यक्ति सामाजिक संजालमा लेखेका थिए । 

‘विराटनगरमा एयरपोर्ट छ भन्दैमा धरानमा नचाहिने भन्ने हुँदैन !  धरानमा पनि बनाउनु पर्छ है सरकार.. नत्र’, उनले धम्काउँदै लेखेका थिए । 


उनको धम्कीपूर्ण स्टाटसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण गर्न अध्ययन समिति गठन गर्न नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएको फेसबुकमार्फत जानकारी गराएका थिए । 

उनले लेखेका थिए, ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएको छ ।’


उनको यो स्टाटसको स्क्रिनसट राख्दै धरानका मेयरले मन्त्री किरातीलाई धन्यवाद दिएका थिए । 

मेयरको धम्कीपूर्ण स्टाटस र उनको रवाफदेखि डराएका मन्त्री किरातीले निर्देशन दिनासाथ प्राधिकरणले समेत अध्ययन समिति गठन गरेको छ । 

प्राधिकरणले प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।

यो समितिले धरानमा विमानस्थल बनाउन सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ । 

देशभरी हाल दर्जनौँ विमानस्थल उडान भर्न नसकेर ठप्प छन् । तर यहि अवस्थामा मेयरको धम्कीकै कारण विमानस्थलबारे अध्ययन गर्न समिति बनाउनु शक्तिको चरम दुरुपयोग हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।