नेभिगेशन
सबै कुरा

कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले दिए राजीनामा

नेपाली सेनाले उमेर छानबिनको विषय अगाडि बढाएपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा बुझाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठ्नु साथै अख्तियार दूरुपयोग अनुसन्धानमा समेत उजुरी परेपछि उनको उमेर छानबिन गर्न प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिको अध्ययनका क्रममा जन्ममितिमा कैफियत देखापरेपछि उनले उनले राजीनामा दिएका हुन्  । उनले बुझाएको राजीनमा प्रमाणीकरणका लागि रक्षा मन्त्रालय पुगेको छ ।

Ncell
Extreme Energy

पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक फरक रहेको तथ्यहरु विभिन्न संचार माध्यममा प्रकासन तथा प्रसारण भएका थिए । त्यसैका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उपरथी पाण्डेलाई छानबिन गर्न आयोगले मन्त्रालयलाई पत्र पठाएको हो । 

उनले आफ्नो वास्तविक जन्ममिति २३ मंसिर २०२३  बताउँदै आएका छन् तर उनको शैक्षिक प्रमाणपत्रमा भने उनको जन्ममिति १२ माघ २०२१ रहेको छ । 

पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघिनै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्षको छ । तर उनले आफ्नो नागरिकतामा उमेर घटाएर उपरथीमा कार्यरत थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।

छानबिन सुरु भएसँगै कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले पदबाट राजीनामा दिएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी...
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।