नेभिगेशन
सबै कुरा

कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले दिए राजीनामा

नेपाली सेनाले उमेर छानबिनको विषय अगाडि बढाएपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा बुझाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठ्नु साथै अख्तियार दूरुपयोग अनुसन्धानमा समेत उजुरी परेपछि उनको उमेर छानबिन गर्न प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त छानबिन समितिको अध्ययनका क्रममा जन्ममितिमा कैफियत देखापरेपछि उनले उनले राजीनामा दिएका हुन्  । उनले बुझाएको राजीनमा प्रमाणीकरणका लागि रक्षा मन्त्रालय पुगेको छ ।

Ncell
Extreme Energy

पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक फरक रहेको तथ्यहरु विभिन्न संचार माध्यममा प्रकासन तथा प्रसारण भएका थिए । त्यसैका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उपरथी पाण्डेलाई छानबिन गर्न आयोगले मन्त्रालयलाई पत्र पठाएको हो । 

उनले आफ्नो वास्तविक जन्ममिति २३ मंसिर २०२३  बताउँदै आएका छन् तर उनको शैक्षिक प्रमाणपत्रमा भने उनको जन्ममिति १२ माघ २०२१ रहेको छ । 

पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघिनै अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्षको छ । तर उनले आफ्नो नागरिकतामा उमेर घटाएर उपरथीमा कार्यरत थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।

छानबिन सुरु भएसँगै कारबाहीमा पर्ने डरले प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथि पाण्डेले पदबाट राजीनामा दिएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।