नेभिगेशन
समाज

जापानको हिरोशिमा आणविक वम  विस्फोटको ८० बर्ष

हिरोशिमामा आणविक बम बारी भएको ८० वर्ष पूरा भएको अवसरमा जापानले बुधबार एक समारोहको आयोजना गरी विश्वलाई आणविक हतियार आतङ्कको सम्झना गराएको छ ।
 
सन् १९४५ अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले पश्चिमी जापानी शहरमा ‘लिटिल ब्वाय’ खसालेको क्षणको जापानको स्थानीय समयअनुसार बिहान ८ः१५ बजे मौन प्रार्थना गरिएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहानीपख कालो पोसाक लगाएका सयौँ अधिकारी, विद्यार्थी र आक्रमणका समय बाँचेकाहरूले मृतकको सम्झनामा बनाइएका स्मारक (सेनोटाफ) मा फूलहरू चढ्याएर उनीहरूप्रति भावपूर्ण श्रद्धा व्यक्त गरेका छन् ।  

Ncell
Extreme Energy

श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै हिरोशिमाका मेयर काजुमी मात्सुईले मृतकको सम्झना गर्दै उनीहरू श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कार्यक्रममा उहाँले युक्रेनमा रुसको आक्रमण र मध्यपूर्वमा जारी अराजकताको पृष्ठभूमिमा ‘विश्वभरि नै सैन्य निर्माणतर्फ तीव्र प्रवृत्ति बढेको’ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “यी घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायले इतिहासको त्रासदीबाट सिक्नुपर्ने पाठलाई बेवास्ता गरेको देखिन्छ ।”

उहाँले थप्नुभयो, “उनीहरूले शान्ति स्थापनाका लागि गरिएको धेरै मेहनत ध्वस्त पार्ने चेतावनी दिएका छन्।” 

हिरोशिमा आक्रमणमा मृत्यु हुनेको अन्तिम सङ्ख्या लगभग एक लाख ४० हजार थियो । उनीहरू विशाल विस्फोट र आगोको गोलाले मात्र होइन, आक्रमण र त्यसपछिको विकिरण, प्रदुषण र सङ्क्रमणका कारण पनि प्रभावित भएका थिए । 

‘लिटिल ब्वाय’ को तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा अर्को आणविक बम विस्फोट हुँदा ७४ हजार मानिसको मृत्यु भएको थियो । आक्रमणपछि तत्कालिन विश्व शक्ति जापानले अगस्ट १५ मा आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्धको पनि अन्त्य भएको थियो । 

आज हिरोशिमा १२ लाख जनसङ्ख्या रहेको एक समृद्ध महानगर बनेको छ तर आक्रमणहरू धेरैको सम्झनामा जीवितै छन्।

समारोहको सुरूवातमा ‘सेनोटाफ’को अगाडि पीडितहरूलाई श्रद्धाञ्जलि दिन लामबद्ध ठूलो भीडले मृतकको सम्झनामा प्रार्थनासँगै भएको थियो । 

बुधबार बिहान सबेरै भएको सभामा आक्रमणमा परी आफ्ना प्रियजन गुमाएका परिवार पनि प्रार्थना गर्न आएका थिए ।

आफ्नो नातिसँग ह्वीलचेयरमा आएकी ९६ वर्षीया योशी योकोयामाले आक्रमणको कहानी सुनाउदै यसमा आफुले आफ्ना आमाबुबा र हजुरबा हजुरआमालाई विस्फोटसँगै गुमाएको बताउनुभयो । 

अझै पनि जीवित रहनुभएकी योकोमायाल भन्नुभयो, “मेरा हजुरबुवाको मृत्यु बम विस्फोटलगत्तै भएको थियो भने मेरा बुबा र आमा दुवैको विस्फोटबाट फैलिएको विकिरणका कारण क्यान्सर भई मृत्यु भएको थियो।”

उहाँले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “मेरा सासू–ससुराको विस्फोटका कारण मृत्यु भएको थियो । त्यसैले शान्तिपछि युद्धभूमिबाट फर्किँदा मेरा पतिले उनीहरूलाई नदेखेको बताउनुहुन्थ्यो ।” 

“मानिसहरु अझै पनि पीडित छन्,” उहाँले थप्नुभयो ।

बुधबारको समारोहमा पहिलो पटक ताइवानी र प्यालेस्टिनी प्रतिनिधिसहित करिब १२० देश र क्षेत्रबाट आएका व्यक्ति सहभागी हुने बताइएको छ। 

गत वर्ष नोबेल शान्ति पुरस्कार जितेको तल्लो स्तरको संस्था निहोन हिडान्क्योले हिबाकुशा भनिने पीडितहरूको घट्दो सङ्ख्याको प्रतिनिधित्व गरिरहेको छ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्चसम्ममा ९९ हजार १३० जना हिबाकुशा थिए र उनीहरुको औसत आयु ८६ वर्ष थियो ।
 
“म चाहन्छु, विदेशी दूतहरूले शान्ति स्मारक सङ्ग्रहालयको भ्रमण गरून् र के भयो भनेर बुझून्,” समूहका सहअध्यक्ष तोसियुकी मिमाकीले स्थानीय सञ्चारमाध्यमलाई बताउनुभयो । 

पोप लियो चौधौंले जारी गरेको वक्तव्यमा भनिएको छ, “बढ्दो विश्वव्यापी तनाव र द्वन्द्वको हाम्रो समयमा हिरोशिमा र नागासाकी आणविक हतियारले निम्त्याएको गहिरो भयावहताको जीवित स्मरण गराउँछन्।”

– युवा पुस्ता – 

युद्धकालमा आणविक बमको प्रयोग भएको यो एक मात्र घटना हो ।

बाल्यकालमा विस्फोटबाट बाँचेका ८० वर्षीय कुनिहिको साकुमाले एएफपीसँग कुरा गर्दै आणविक हतियारमुक्त विश्व बन्नेमा आफू आशावादी रहेको बताउनुभयो । 

“यसका लागि युवा पुस्ताले कडा मेहनत गरिरहेको छ,” उहाँले भन्नुभयो ।

‘बुलेटिन अफ द एटोमिक साइन्टिस्ट्स’को ‘मानवजातीको विनासको घडी’ लाई सङ्केत गर्ने साङ्केतिक समय जनवरीको मध्यरातमा ९० बाट ८९ सेकेन्डमा सरेको थियो अर्थात् यसको ७८ वर्षको इतिहासको यो सबैभन्दा नजिक पुगेको छ र यसका लागि विश्वको आणविक हतियार मोह जिम्मेवार देखिन्छ । 

सन् २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि मानवजातिको विनाशबाट दूरीको प्रतीकको रूपमा रहेको घडीलाई अन्तिम पटक मध्यरातमा ९० सेकेन्डमा पुगेको (सारिएको) थियो। यो सन् २०१५ मा तीन मिनेट, सन् २०१७ मा दुई मिनेट ३० सेकेन्ड, सन् २०१८ मा दुई मिनेट र सन् २०२० मा १०० सेकेन्ड पुगेको थियो। यो समयले मानव विनासको जोखिमलाई साङ्केतिक रूपमा प्रस्तुत गर्छ ।

‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)’ का अनुसार विश्वका १२ हजारभन्दा बढी आणविक हतियार र विस्फोटक पदार्थ बोक्ने उपकरण वा रकेट  मध्ये ९० प्रतिशत रुस र संयुक्त राज्य अमेरिकामा रहेको विश्वास गरिन्छ । 

गत जुनमा सिप्रीले दिएको चेतावनीमा भनिएको थियो, “हतियार नियन्त्रण गर्ने शासन गम्भीर रूपमा कमजोर भएको समयमा खतरनाक नयाँ आणविक हतियारको दौड देखा परेको छ । अहिले लगभग नौ वटा आणविक शक्ति सम्पन्न राष्ट्रहरूले आफ्नो शस्त्रागारको आधुनिकीकरण गरिरहेका छन्।”

यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवसँग अनलाइन विवाद भएपछि दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न आदेश दिएको बताउनुभएको थियो ।  

अमेरिकी राष्ट्रपतिले सन् १९४५ को आणविक बम विस्फोटलाई जुनमा इरानमा भएको हवाई आक्रमणसँग तुलना गरेपछि गत महिना मात्सुईले ट्रम्पलाई हिरोशिमा भ्रमण गर्न आग्रह गर्नुभएको थियो । 

“मलाई यस्तो लाग्छ कि उहाँले आणविक बम विस्फोटको वास्तविकतालाई पूर्ण रूपमा बुझ्नुभएको छैन । यी हतियार प्रयोग गरियो भने धेरै निर्दोष नागरिकको ज्यान जान्छ, चाहे उनीहरू मित्र वा शत्रु हुन् र यसले मानव जातिको अस्तित्वलाई खतरामा पार्छन्,” मात्सुईले गत महिनाको एक कार्यक्रममा भन्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

आजदेखि जग्गा धितो-बन्धकी तथा रोक्का-फुकुवा बैंकबाटै

मन्त्रालयका अनुसार भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४)बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

साढे ७ खर्ब पुग्यो बेरुजु, १ वर्षमै थपियो ८८ अर्ब ९ करोड

महालेखारपीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको...
सर्वोच्चको आदेशमा छुटे पाण्डे

सर्वोच्चको आदेशमा छुटे पाण्डे

आजै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।