नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिए ।

Ncell
Extreme Energy

आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर रहेका उनले उल्लेख गरे ।

यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुकको काम गर्ने), मार्कर पेन, स्केल, स्टापलर मेसिन, स्टाप्लर पिन, स्कीसर्स, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष र महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन् ।

त्यस्तै नेपाली कागजको खाम (१) बाइ (५ इन्च), नेपाली खाम कपडा भएको (निबिदा मतपत्र राख्ने), सेतो कागज (ए४) ३० पाना, रेकर्ड फाइल (फित्तासहित), धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, कोरा कपडा (दुई मिटरको टुक्रा), जेल पेन कालो र रातो एवं चार वटाको मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रुपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...
घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म...
राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न गएका पुगेका हुन् ।
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...