नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन शाह नयाँदिल्लीमा, भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल वायुसेवाको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो।

Marvel
Extreme Energy

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी र सञ्चारकर्मी सहभागी छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको छुट्टै टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धको समीक्षा, व्यापार तथा आर्थिक सहकार्य विस्तार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणलगायत विषयमा छलफल हुने तयारी छ।

आज जयशंकरसँग भेट, भोलि मोदीसँग वार्ता

नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाह होटल ताजमहल जानेछन्। त्यहाँ आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

भ्रमणको दोस्रो दिन सोमबार मङ्सिर ७ गते प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता पनि गर्ने कार्यक्रम छ।

वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ।

भारतीय विदेश मन्त्रालयका अनुसार वार्तापछि दुई देशबीच विभिन्न सहमति तथा समझदारीपत्र आदानप्रदान, संयुक्त परियोजनाको उद्घाटन र संयुक्त पत्रकार सम्मेलन हुनेछ। ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।

प्रधानमन्त्री शाहले सोमबार अपराह्न भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्नेछन्। राष्ट्रपति भवनमा हुने भेटपछि उनी अपराह्न ४:५० बजे भारतबाट स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ

काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ

काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका छन्।
बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...
प्रधानमन्त्रीसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्ने

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भारतको दुईदिने राजकीय भ्रमणमा सहभागी भएका छन्। प्रधानमन्त्री शाहसँगै उनी आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।