नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भ्रमणमा सहभागी छन्।

Marvel
Extreme Energy

त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत यान्की उक्याब पनि टोलीमा छन्।

प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका मिडिया व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल र निजी उपसचिव (मिडिया) विनय शाक्य पनि भ्रमण टोलीमा सहभागी छन्।

परराष्ट्र मन्त्रालयका सहसचिवहरू गहेन्द्रराज भण्डारी, लोकबहादुर पौडेल क्षेत्री र अमृत लम्साल तथा उपसचिवहरू ललिता सिवाकोटी र विजय राज तण्डुकार पनि टोलीमा छन्। त्यस्तै, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल, उपशिष्टाचार महापाल प्रेमराज गौतम, शिष्टाचार अधिकृत दीपकराज निरौला र शाखा अधिकृत मनोज गैरे पनि भ्रमणमा सहभागी छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत मेजर सुशील बानियाँ, प्रहरी नायब उपरीक्षक दिपेश बस्याल, प्रमुख सैनिक सहयोगी लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट र सैनिक सहयोगी मेजर रोशन केसी पनि टोलीमा छन्।

सञ्चारकर्मीका तर्फबाट गोरखापत्रकी संवाददाता तारा हमाल धुंगाना, राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत सहभागी छन्। उपलब्ध नामावलीमा मुकेश डंगोलको नाम पनि छ।

सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह आज भारतीय समयअनुसार दिउँसो ३:१५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासकी प्रवक्ता अम्बिका जोशीले यसको जानकारी दिएकी छन्।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जानेछन्। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आजका लागि त्यसबाहेक अन्य औपचारिक भेटघाट तय भएको छैन।

भोलि मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता आदानप्रदान

भ्रमणको दोस्रो दिन मङ्सिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ता हुनेछ।

उनले बिहान १० बजे नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ताका साथै करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२:२५ बजे दुवै देशका प्रधानमन्त्रीबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।

प्रधानमन्त्री शाहले मङ्सिर ७ गते अपराह्न ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन्। त्यसपछि अपराह्न ४:५० बजे नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ।

नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै आपसी प्राथमिकताका क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।

DSC00970.jpg-1795335811.jpeg

DSC00962.jpg-1795335811.jpeg

DSC00972.jpg-1795335811.jpeg

DSC00983.jpg-1795335810.jpeg

DSC00980.jpg-1795335810.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

प्रधानमन्त्री बालेन शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका सल्लाहकार, सरकारी उच्च अधिकारी, सुरक्षाकर्मी...
धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्।
एनपिएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

एनपिएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

नेपालमा हालसम्म आयोजना भएका खेलकुद प्रतियोगितामध्ये सर्वाधिक धनरासीको पुरस्कार प्रदान गरिनु एनपिएल क्रिकेट प्रतियोगिताको विशेषता बन्न पुगेको छ । निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेका सहभागी टिमहरूको यो प्रतियोगितामा...