नेभिगेशन
समाज

भारत भ्रमणलाई राष्ट्रिय हितसँग जोडेर हेर्न रास्वपाको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई राष्ट्रिय हित, पारस्परिक सम्मान र समानताका आधारमा अघि बढाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्रीको दुईदिने राजकीय भ्रमण सफल र उपलब्धिपूर्ण रहोस् भन्दै शुभकामना दिएका छन्। उनले भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

Marvel
Extreme Energy

प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारतको राजकीय भ्रमणमा जाँदैछ। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ। ती भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै पार्टीले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीच विश्वास, सहकार्य र साझेदारी थप विस्तार हुने अपेक्षा गरेको छ।

भ्रमणअघि प्रधानमन्त्रीले पार्टी सभापतिसँग छलफल गरी जानकारी गराएको र सभापतिले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर पारस्परिक सम्मान र साझा हितका आधारमा सम्बन्ध अघि बढाउन भ्रमण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको पनि वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन्...
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।
कोरला नाकाबाट  भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

कोरला नाकाबाट भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ ।