नेभिगेशन
समाज

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

एजेन्सी। भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो । यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ ।

Marvel
Extreme Energy

स्थानीय सरकारी अधिकारीका अनुसार विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार करिब ६०० जनालाई सरकारी तथा निजी अस्पतालमा भर्ना गरिएको छ ।

मणिपुरका वरिष्ठ स्थानीय सरकारी अधिकारी हुन्ग्यो वोरसाङले जिल्ला प्रशासन, प्रहरी, अन्तःशुल्क तथा स्वास्थ्य विभागका टोलीले प्रभावित क्षेत्र र अस्पतालको भ्रमण गरी अवस्थाबारे जानकारी लिएको तथा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

घटनाको छानबिन गर्न मणिपुर सरकारले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ । समितिलाई घटनाको कारण पत्ता लगाउन, सम्भावित कमजोरी पहिचान गर्न र आवश्यक कारबाहीका लागि सुझाव दिन एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

अधिकारीहरूका अनुसार शंकास्पद मदिरामा विषाक्त पदार्थको उपस्थिति रहे–नरहेको पत्ता लगाउन नमुना संकलन गरी फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।

यसैबीच, सम्भावित विषाक्त मदिरा सेवनबाट मृत्यु तथा बिरामी हुने घटना बढेपछि मणिपुरको स्वास्थ्य विभागले सार्वजनिक स्वास्थ्यसम्बन्धी सचेतना सूचना जारी गरेको छ ।

विभागले सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई सतर्क रहन, बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन, आवश्यक परे अन्य अस्पतालमा पठाउन तथा शंकास्पद घटनाको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।
कोरला नाकाबाट  भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

कोरला नाकाबाट भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ ।
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।