नेभिगेशन
समाज

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

किसानलाई रकम दिने प्रणालीमा साइबर आक्रमण, सूचना चोरी भए/नभएको अनुसन्धान हुँदै

एजेन्सी। अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्। यस घटनाले अमेरिकी सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना सुरक्षामाथि प्रश्न उठाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एनबीसी न्युजलाई उद्धृत गर्दै रोयटर्सले शुक्रबार सार्वजनिक गरेको समाचारअनुसार यसै साता ह्याकरहरूले मन्त्रालयको भुक्तानीसम्बन्धी कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच बनाएका हुन्। घटनाबारे जानकारी भएका मन्त्रालयका दुई पूर्वअधिकारीका अनुसार मन्त्रालयले बिहीबार आफ्ना कर्मचारीलाई यसबारे जानकारी गराएको थियो।

Marvel
Extreme Energy

ह्याकरहरूले प्रणालीमा कसरी प्रवेश गरे, कुन प्रकृतिका सूचना प्रभावित भए र कति विवरणमा पहुँच पुगेको थियो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन। संवेदनशील सूचना चोरी भएको पनि पुष्टि भएको छैन।

यो घटना अमेरिकाका विभिन्न महत्त्वपूर्ण प्रविधि प्रणालीमा एकपछि अर्को अवरोध देखिएका बेला सार्वजनिक भएको हो। पछिल्ला दिनमा माइक्रोसफ्टका सेवामा विश्वव्यापी अवरोध आएको थियो भने सञ्चार प्रणालीमा समस्या देखिएपछि अमेरिकी हवाई यातायातसमेत प्रभावित भएको थियो। विभिन्न बैंकका ग्राहकले अनलाइन खातामा पहुँच गर्न कठिनाइ भोगेका थिए। राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) को आन्तरिक सञ्चार सञ्जालमा समेत अवरोध आएको थियो।

रोयटर्सका अनुसार तीन दिनको अवधिमा अमेरिकामा १८ हजारभन्दा बढी उडान प्रभावित भएका थिए। यद्यपि, यी सबै घटना साइबर आक्रमणका कारण भएका थिए भन्ने पुष्टि भएको छैन।

अमेरिकी गुप्तचर अधिकारीहरूले नोभेम्बर १८ मा ती प्रविधि अवरोधहरू एकअर्कासँग सम्बन्धित नभएको बताएका थिए। उनीहरूका अनुसार ती नियमित मर्मतसम्भार र प्राविधिक परिवर्तनका क्रममा उत्पन्न भएका छुट्टाछुट्टै समस्या थिए। ती घटनामा कुनै समन्वित वा राज्य प्रायोजित साइबर आक्रमण भएको प्रमाण नभेटिएको अधिकारीहरूको भनाइ थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट हटाएका छन्। केर्नक्रसले सन् २०२५ अगस्टदेखि राष्ट्रिय साइबर निर्देशकको कार्यालयको नेतृत्व गर्दै आएका थिए।

एक्सियोसका अनुसार ह्वाइट हाउसका दुई अधिकारीले ट्रम्पका नयाँ चिफ अफ स्टाफ स्टेफन मिलरले केर्नक्रसलाई पदबाट हटाउन दबाब दिएको बताएका छन्। मिलरले केर्नक्रससँग राष्ट्रिय साइबर निर्देशकको जिम्मेवारी निर्वाह गर्न आवश्यक बलियो साइबर सुरक्षा अनुभव नभएको ठानेको उनीहरूको भनाइ छ। यद्यपि, दुई स्रोतले उनको बहिर्गमन सौहार्दपूर्ण रहेको बताएका छन्।

ट्रम्प प्रशासनले रक्षा मन्त्रालयकी प्रमुख सूचना अधिकारी किस्र्टन ए. डेभिसलाई कार्यवाहक राष्ट्रिय साइबर निर्देशकको जिम्मेवारी दिएको छ। उक्त पदमा स्थायी नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्छ।

अमेरिकी सरकारी तथा निजी क्षेत्रका महत्त्वपूर्ण प्रविधि प्रणालीमा पछिल्लो समय देखिएका अवरोधले साइबर सुरक्षा र डिजिटल पूर्वाधारको विश्वसनीयताबारे बहस बढाएका छन्। कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा भएको पछिल्लो आक्रमणको वास्तविक प्रभाव, सम्भावित सूचना चुहावट र घटनामा संलग्न पक्षबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्।