नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश राजकीय भ्रमण हो। भ्रमणका क्रममा उनले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्नेछन्। भोलि सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

Marvel
Extreme Energy

प्रधानमन्त्री शाहले भोलि नै नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन्। त्यसपछि मोदीसँगको वार्तामा दुई देशबीच जारी सहकार्यको समीक्षा र आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान गर्ने तयारी छ।

दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना हुनेछ। त्यसमा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्न सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयास प्रस्तुत गर्नुका साथै भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्ने कार्यक्रम छ।

नेपाली र भारतीय व्यवसायीबीच सहकार्यका नयाँ अवसर पहिचान गर्न बिजनेस फोरमले सेतुको काम गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहसँगको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा, आर्थिक सहकार्य विस्तार र नयाँ सरकारको कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा पूर्वाधार...
पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै

पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह आज भारत जाँदै

प्रधानमन्त्री बालेन शाह आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणमा व्यापार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार, डिजिटल...
विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदरमा आज परिवर्तन भएन, कुनको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा हिजोको तुलनामा परिवर्तन भएको छैन ।
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पछिल्लो समय बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक पहुँच विस्तार, पदमार्गमा होटल तथा लजको सुविधा...

भर्खरै