नेभिगेशन
समाज

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट फर्किने पर्यटक दोब्बरभन्दा बढी

एक सातामा १ हजार १८० पर्यटक बाहिरिए, ५२९ मात्रै भित्रिए

सोलुखुम्बु । हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन्। सोही अवधिमा ५२९ पर्यटक मात्रै प्रवेश गरेका छन्। प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटक ६५१ जना बढी हुन्।

Marvel
Extreme Energy

बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ नेपाली छन्। यसैगरी, खुम्बु प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक छन्।

प्रहरीका अनुसार बाहिरिने विदेशी पर्यटकमा ३२७ महिला र ५५० पुरुष छन्। नेपाली पर्यटकमा ४६ महिला र २५७ पुरुष छन्। प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने नेपालीमा ५४ महिला र १०१ पुरुष छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार पछिल्लो साप्ताहिक विवरणमा पर्यटकको आगमनभन्दा बहिर्गमन उल्लेख्य बढी देखिएको छ। यसले शरद् पर्यटन सिजन क्रमशः सकिँदै गएको सङ्केत गर्छ।

स्थानीयका अनुसार खुम्बु क्षेत्रमा राति र बिहानको तापक्रम माइनसमा झर्न थालेको छ। नाम्चे बजारमै पानी जम्न थालेपछि चिसो बढेको महसुस हुन थालेको स्थानीय दाली शेर्पाले बताए।

सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ। मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यो समयमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्छ। तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, उच्च क्षेत्रमा हिमपातको सम्भावना बढ्ने र राति अत्यधिक चिसो हुने भएकाले पर्यटक फर्कन थाल्छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताए। सिजनको अन्तिमतिर पर्यटकले मौसम, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्ने उनको भनाइ छ।

पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाका अनुसार जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुँदै जाने र पर्यटकको सङ्ख्या घट्ने गर्छ। खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएकाले मौसमी परिवर्तनले पर्यटकको आवागमनमा प्रभाव पार्ने उनले बताए।

लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरले पनि पर्यटकको आवागमनमा मौसम र पर्यटन सिजनको प्रभाव पर्ने बताए। पर्यटकको चाप बढी हुँदा हवाई आवागमन बढ्ने र सिजन कमजोर हुँदै जाँदा बाहिरिने क्रम बढ्ने उनको भनाइ छ। मौसमको अवस्थाले लुक्ला विमानस्थलबाट हुने उडानसमेत प्रभावित हुने उनले बताए।

लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार मुख्य पर्यटकीय सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा गतिविधि कम हुन थालेको छ। चिसो बढेसँगै पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने प्रवृत्ति देखिएको उनले बताए।

प्रहरीको साप्ताहिक विवरणअनुसार उक्त अवधिमा ६९ वटा हवाईजहाज र २८ वटा हेलिकप्टर उडान भएका छन्। खुम्बु क्षेत्रमा पर्यटकको आवागमनका लागि हवाई सेवा महत्त्वपूर्ण माध्यम हो।

सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्ला प्रमुख पर्यटकीय गन्तव्य हुन्। यी क्षेत्रमा वसन्त र शरद् गरी दुई मुख्य पर्यटन सिजनमा पर्यटकको चाप बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउँछन्।

वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्मलाई मानिन्छ। शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी रहने भए पनि सिजन सकिँदै जाँदा तापक्रम घट्ने र मौसममा परिवर्तन आउने क्रमले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउँछन्।

उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने र त्यसको प्रभाव पर्यटकको आवागमनमा देखिन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यस्तो छ दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल

यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमण: यस्तो छ कार्यसूची

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतीय सञ्चारमाध्यमले के लेखेका छन्?

भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा, आर्थिक सहकार्य विस्तार र नयाँ सरकारको कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा पूर्वाधार...