नेभिगेशन
समाज

भक्तपुरको गठ्ठाघरमा पण्डित-पुरोहित सम्मेलन

काठमाडौँ । नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले अभियान अघि बढाएको छ । यसैक्रममा गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरमा करिब ११०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मेलनका अवसरमा अभियानका परिकल्पनाकार पण्डित प्रकाश ढोडारीले नेपाली धार्मिक परम्परामा आवश्यक पर्ने सामग्री नेपालीले नै उत्पादन गर्ने र त्यसको बजार व्यवस्थापन गर्ने उद्देश्यले गुरुमञ्जरी स्थापना गरिएको बताए । पण्डित तथा पुरोहितको हित र धार्मिक सामग्रीको शुद्धता कायम गर्ने अभियानबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको उनको भनाइ छ ।

Marvel
Extreme Energy

कार्यक्रममा गुरुमञ्जरी अस्ट्रेलियाका प्रशिक्षक ठाकुर भुसालले अभियानअन्तर्गत उत्पादन गरिने सामग्री तथा तिनको बजारीकरणबारे विस्तृत जानकारी दिएका थिए । 

विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय सभापति अरुणकुमार पाण्डेले धर्मसँगै अर्थ पनि पुरुषार्थ भएकाले पण्डित तथा पुरोहितहरूले आर्थिक स्वावलम्बनका लागि अग्रणी भूमिका खेल्नुपर्ने बताए । राष्ट्रिय स्वाभिमानका लागि आर्थिक आत्मनिर्भरता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले गुरुहरूले धर्मपूर्वक आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वनायब बडागुरुज्यू प्रा डा माधव भट्टराई, डा. कान्ता भट्टराई, नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष ज्योतिषी लेखनाथ न्यौपाने, ॐकार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्मा, ज्योतिषी जनार्दन न्यौपाने, लक्ष्मीनारायण मठ मटिहानीका महन्त रविन्द्रदास वैष्णव, गोव्रती योगी सोमराज, युवा अभियन्ता निगम हुमागाईं, त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका अध्यक्ष प्रा. डा. नारायण गौतम, नेपाल पुरोहित संघका अध्यक्ष देवेन्द्र लम्साल, पत्रकार गोपीकृष्ण ढुंगानालगायतको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।
३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

प्रधानमन्त्री बालेन शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका सल्लाहकार, सरकारी उच्च अधिकारी, सुरक्षाकर्मी...
धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्।