नेभिगेशन
समाज

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, लगानीसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भारतको दुईदिने राजकीय भ्रमणमा सहभागी भएका छन्। प्रधानमन्त्री शाहसँगै उनी आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले दुई देशबीच हुने बैठक तथा छलफलमा नेपाली प्रतिनिधिमण्डलको दोस्रो वरीयताका सदस्यका रूपमा सहभागी हुनेछन्।

Marvel
Extreme Energy

अर्थमन्त्री वाग्लेले आइतबार साँझ नै नयाँ दिल्लीमा आयोजना हुने नेपालमा लगानी आह्वानसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्ने कार्यक्रम छ। अन्तरक्रियामा नेपाल र भारतका निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले नेपालमा लगानीका सम्भावना र अवसरबारे भारतीय निजी क्षेत्रलाई जानकारी गराउनेछन्।

प्रधानमन्त्री शाहसँगै भारत प्रस्थान गर्ने क्रममा अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।
३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत भ्रमणमा, को–को छन् टोलीमा ?

प्रधानमन्त्री बालेन शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका सल्लाहकार, सरकारी उच्च अधिकारी, सुरक्षाकर्मी...
धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित महिला पक्राउ

धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्।