नेभिगेशन
समाज

चुनावी तयारीका लागि चितवन जाँदै रवि लामिछाने, यस्तो छ कार्यतालीका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । मनोनय दर्तापछि काठमाडौँ फर्किएका लामिछानेको खुट्टाको चोटका कारण राजनीतिक भेटघाटमा निस्किएका थिएनन् । 
 
घाउ पूर्ण निको भइनसकेपनि चितवनमै गएर आराम गर्ने तथा मतदाताहरूसँग भेटघाट गर्ने गरी बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेले आज पुजा अर्चन सहित गृह प्रवेश गर्ने छन् भने दिउँसोबाट स्थानीय नेताहरूसँग राजनीतिक भेटघाट सुरु गर्ने छन् । 

Ncell
Extreme Energy

रास्वपा चितवन सभापति कृष्ण भुसालका अनुसार लामिछाने विमानस्थलबाट सिधै भरतपुर ४ स्थित लंकु हरिकिर्तन चोकको हरिकिर्तन मन्दिरमा पुगेर पुजाअर्चना गर्ने छन् । त्यसपछि बजे भरतपुर ११ बिशालचोक स्थित निवासमा गृह प्रवेश गर्ने छन् । 

रविलाई खुट्टाको घाउका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने भएकाले तत्कालै घरदैलोको सम्भावना कम रहेको छ । 
फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ । रास्वपा नेतृ प्रतिभा रावलले फागुनको पहिलो साता नेताद्वयको संयुक्त चुनावी अभियान सुरु हुने बताइन् । उनका अनुसार दुबै नेता सकेसम्म धेरै क्षेत्रमा पुग्ने, मतदातालाई प्रत्यक्ष भेट्ने योजना छ भने दुबै जनाले  संयुक्तरुपमा १० वटा सम्म सभा गर्ने छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै