नेभिगेशन
समाज

शेरबहादुर देउवाको घरमा ‘पैसा भेटिएको’ कुरा एआईबाट बनाइएको होः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषयको बचाउ गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार झापामा मतदातासँग भेटघाट गर्दै कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेका उनले त्यो क्षेत्रको मतदातासँगको छलफलमा यस्तो दाबी गरेका हुन् । 

Ncell
Extreme Energy

ओलीसँगको भेटमा स्थानीय मोहनबाबु शेर्माले उक्त पैसाबारे ओलीलाई प्रश्न गरेका थिए । सो प्रश्नको जवाफ दिँदै ओलीले उक्त पैसाबारेको भिडियो एआईबाट सृजित र विदेशको फोटो ल्याएको जोडेको बताए । 

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा करोडौँ रुपैयाँ जलेको अवस्थामा फेला परेको थियो । देउवाको घरमा आक्रमण भएको २० घण्टापछि २५ भदौको दिउँसो सिधाकुरा देउवाको घरमा पुगेको थियो । त्यसपछि सिधाकुराले गरेको स्थलगत रिर्पोटिङमा देउवाको घरमा जलेको अवस्थामा रकम भेटिएको सार्वजनिक भएको थियो । उक्त कुराको खुलासा गर्ने एक मात्रै सञ्चार माध्यम सिधाकुरा मात्रै हो ।

शनिवार कमल गाउँपालिकाको घरदैलोमा ओलीलाई शेर्माले सोधेका थिए,‘पूर्वप्रधानमन्त्रीज्यू तपाईं प्रधानमन्त्री भएकै अवस्थामा नेताको घरमा पैसाको बिटा जल्यो । नेताको घरमा जलेको अवस्थामा रकम भेटिएको थियो नि ? तपाई भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ । त्यो पैसा र घटनाबारे तपाईंको धारणा के हो ?’

जवाफमा ओलीले भने,‘सबैको जिम्मा त मैले लिन सक्दिनँ । थाहा पाएको बेला कारबाही गर्ने हो । एउटा कुरा मेरोबाट निस्किएको होइन । अरु को कोबाट निस्कियो सबै थाहा पाउने कुरा भएन । धेरै कुरा चाँहि शेरबहादुरको घरबाट पैसा निस्किएको देखाको थियो नि त्यो अर्कै देशमा कहीँ केही बनाएर त्यो एआई हुन्छ त्यसले फोटाहरू बनाउँछ त्यो हाल्छ ।’ 

यस अघि शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले पनि पैसा जलेको भिडियो एआईबाट सृजना गरेर बदनामी गर्न खोजेको दाबी गर्दै विज्ञप्ति निकालेका थिए । 

पछि काँग्रेस केन्द्रिय समिति बैठकमै तत्कालीन सभापति शेरबहादुर देउवाले उक्त भिडियो एआईबाट बनाइएको दाबी गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।