नेभिगेशन
समाज

बसन्तपुरमा यौनिक अल्पसंख्यकहरुले यसरी मनाए गाइजात्रा (तस्विरहरु)

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले यस वर्षको इन्द्रेणी गाईजात्रा पर्वलाई उत्सवका रूपमा स्वतःस्फूर्त रूपमा मनाए । ‘राजनीतिक समावेशिता हाम्रो अधिकार’ भन्ने मुख्य नारासहित विभिन्न सङ्घ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको यस उत्सवमा समुदायको सांस्कृतिक सहभागिता, पहिचान अभिव्यक्ति र अधिकारको आवाज प्रखर रूपमा प्रस्तुत गरियो । गाईजात्रा उत्सवमा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिहरूले यो पर्वलाई आफ्नो पहिचान सार्वजनिक गर्ने, समाजसँग साक्षात्कार हुने र वर्षभरि दिवङ्गत भएका समुदायका सदस्यको चिरशान्तिको कामना गर्ने अवसरका रूपमा लिँदै आएका छन्। सहभागीहरूले मञ्जुश्री, कामदेव, गाई, लाखे लगायतका भेसभुसा धारण गर्दै, मेकअप र विशेष पोसाकमा सजिएर ठमेलस्थित सञ्चयकोष भवन अगाडिबाट सडकमा निस्किए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

yaunik-alpasankhyak-gaijatra-2-1754826320.jpg

Ncell
Extreme Energy

मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, समर्पण सभ्य समाज नेपाल, इन्क्लुसिभ ग्यालेक्सी, महिला समूहलगायतका सङ्घसंस्थाले आफ्ना–आफ्ना ब्यानर बोकेका थिए। पहिचानसहितको नागरिकता, समलिङ्गी–तेस्रोलिंगीको वैवाहिक कानुन निर्माण, र राजनीतिक अधिकारका माग उल्लेखित प्लेकार्डहरू सहभागीहरूले प्रदर्शन गरे। दिवङ्गत अधिकारकर्मी मनोरञ्जन कुमार वैद्य र आनिक रानाको सम्झनामा सहभागीहरूले तस्बिरसहित र्‍यालीमा भाग लिए। ठमेलदेखि वसन्तपुरसम्मको र्‍यालीमा आकर्षण बनेकी निकिसासँग सेल्फी खिच्नेहरूको भिड लाग्यो। भीड यति बाक्लो भयो कि निकिसालाई भ्याइनभ्याइ भयो।

yaunik-alpasankhyak-gaijatra-1-1754826320.jpg

बाजागाजासहित निस्किएको र्‍याली वसन्तपुर पुग्दा गाईजात्रा पर्वमा आएका अन्य सहभागीहरूले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायसँगै नाचगान गर्दै उत्सवमा हौसला प्रदान गरे। त्यहाँ उपस्थितहरूले दिवङ्गत समुदायका सदस्यहरूको आत्माको चिरशान्तिको कामना गर्दै बत्ती बाले र ूराजनीतिक समावेशिता हाम्रो अधिकारू भन्ने नारालाई प्रखर रूपमा उद्घोष गरे। सन् २०५९ सालदेखि यो समुदायले गाईजात्रा पर्वलाई भव्य रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा र्‍याली निस्किएको हो। पन्तले गाईजात्राको महत्त्व जीवनका सुख र दुःखलाई स्विकार्दै अगाडि बढ्नुमा रहेको बताउँदै दिवङ्गत समुदायलाई सम्झनु यही पर्वको सार हो भने। उनले उत्सवमा सहभागिता जनाउने सम्पूर्ण सङ्घ–संस्थालाई धन्यवाद दिए।

yaunik-alpasankhyak-gaijatra-3-1754826318.jpg

लिड नेपालका अध्यक्ष सुशील पौडेलले गाईजात्रा नेपालकै संस्कृति र परम्परा झल्काउने महत्त्वपूर्ण पर्व भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका धेरै सदस्यहरू घर, परिवार र समाजबाट बहिष्कृत हुने र गुमनाम मृत्यु भोग्ने भएकाले, उनीहरूलाई सम्झन र सम्मान गर्न यो पर्वलाई समुदायका लागि लक्षित गरेर संयुक्त रूपमा मनाइएको बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी सञ्जीवनी लामा (सन्ध्या)ले गाईजात्राको सुरुवात मल्लकालीन समयमा पुत्र वियोगमा परेकी रानीलाई खुसी पार्न राजाले गरेका थिए भन्ने ऐतिहासिक प्रसङ्ग स्मरण गराइन् । तर आज पनि समुदायका धेरै साथीहरूको मृत्यु हुँदा परिवारले वास्ता नगर्ने भएकाले, समुदायभित्रै एक भएर आत्माको चिरशान्तिको कामना गर्दै यो पर्व मनाउने परम्परा निरन्तर रहँदै आएको उनको भनाइ थियो। उनले यस वर्ष विभिन्न सङ्घ–संस्थाको सहभागितामा भव्य रूपमा मनाइएको गाईजात्रा आगामी वर्ष अझ सभ्य र व्यापक रूपमा मनाउने योजनाबारे जानकारी दिइन्। आयोजकहरूले आउँदो २०८४ सालको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै यस वर्षको गाईजात्रामा नारा तय गरिएको जनाएका छन्। २०८४ को चुनावमा नुमा लिम्बु (चञ्चला), दिलु बुदुजा (बद्री पुन), सन्ध्या लामा, मनिन्द्र सिंह दनुवार, सुरेन्द्र पाण्डे, देवेन्द्र बहादुर खत्री (मधु)लगायतका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् र चुनावी अभियानमा सक्रिय रूपमा होमिइसकेका छन्।

yaunik-alpasankhyak-gaijatra-6-1754826317.jpg

yaunik-alpasankhyak-gaijatra-5-1754826317.jpg

yaunik-alpasankhyak-gaijatra-8-1754826315.jpg

yaunik-alpasankhyak-gaijatra-7-1754826315.jpg

yaunik-alpasankhyak-gaijatra-9-1754826314.jpg

yaunik-alpasankhyak-gaijatra-10-1754826314.jpg

yaunik-alpasankhyak-gaijatra-13-1754826312.jpg

yaunik-alpasankhyak-gaijatra-11-1754826313.jpg

yaunik-alpasankhyak-gaijatra-12-1754826313.jpg

yaunik-alpasankhyak-gaijatra-16-1754826312.jpg

yaunik-alpasankhyak-gaijatra-15-1754826312.jpg

yaunik-alpasankhyak-gaijatra-14-1754826312.jpg

yaunik-alpasankhyak-gaijatra-17-1754826311.jpg

yaunik-alpasankhyak-gaijatra-18-1754826311.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...