नेभिगेशन
बजार

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।

आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ। पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सी (Latency) लाई न्युनतम स्तरमा झार्दछ। फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भायानेटले ग्राहकहरूका लागि २५० Mbps देखि ६०० Mbps सम्मका उच्च गतिको 'WiFi 6' प्याकेजहरू उपलब्ध गराएको छ। जसमध्ये २५० Mbps गतिको वार्षिक योजना मात्र रु. १३,८०० (भ्याट सहित) मा प्राप्त गर्न सकिनेछ। यस आकर्षक अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन्।

Ncell
Extreme Energy

साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन कम्पनीले रु. ३,५०० (भ्याट सहित) मा 'वाइफाइ ६ मेस' (Mesh) राउटरको विकल्प पनि अघि सारेको छ। साधारण राउटरले बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ। 

पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ। विद्यमान प्रयोगकर्ताले मात्र रु. ५०० को न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयू (ONU) मा परिवर्तन गर्न सक्नेछन्। यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ।

4K भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ६ ले सहजै पुरा गर्ने सामर्थ्य राख्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभको फााइनान्सियल लिटरेसी कोर्समा २,५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

इनड्राइभ एपको ड्राइभर मोड ड्राइभर एकेडेमी मार्फत उपलब्ध यो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको हो । विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने...
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास...