नेभिगेशन
कर्पाोरेट

एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितालाई लक्षित गर्दै ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश, खेलाडीको जितप्रतिको अठोट र समर्थकको उत्साहलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले एन्थम तयार गरिएको कम्पनीले जनाएको छ।

Extreme Energy

कम्पनीका अनुसार मैदानमा खेलाडीले गर्ने संघर्ष, प्रत्येक बलमा समर्थकले व्यक्त गर्ने उत्साह र आफ्नो टोलीको जितमा देखिने गर्वलाई समेटेर एन्थम निर्माण गरिएको हो। यसले क्रिकेटको रोमाञ्चलाई संगीतसँग जोड्दै खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो सिजनमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सी प्रायोजनमा सहकार्य गरेको कम्पनीले जनाएको छ।

युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही) को संगीत सिर्जना एवं संयोजनमा ‘एक्स्ट्रिम एन्थम’ तयार गरिएको हो। यसको निर्माणको काम एनएफटीपी टिमले गरेको कम्पनीले जनाएको छ।

विशेषगरी युवा पुस्ताको संगीतप्रतिको रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार गरिएको हो। कम्पनीले यसमार्फत क्रिकेटको माहोललाई थप जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरेको छ।

कम्पनीका अनुसार ‘एक्स्ट्रिम एन्थम’ केवल एउटा गीत वा सांगीतिक प्रस्तुति मात्र नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो। मैदानमा खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शन र दर्शकदीर्घाबाट आउने समर्थन तथा उत्साहलाई एउटै सांगीतिक लयमा समेट्नु यसको मुख्य विशेषता रहेको कम्पनीको भनाइ छ।

‘एक्स्ट्रिम एन्थम’ एक्स्ट्रिम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब च्यानल तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...

भर्खरै