नेभिगेशन
बजार

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

काठमाडौँ । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउछन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन्। ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरुले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ।

Marvel
Extreme Energy

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ । यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरुले साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । 

यो अफर असोज २२ देखि कार्तिक ३० सम्म लागू हुनेछ । यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन्। ग्राहकले एनसेल एपको 'पार्टनर्ड सर्भिसेज' सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन्। 

Ncell_Samsung-1-1791808150.JPG
"एनसेलमा हामीले सधैँ कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौँ। यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् । यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्नेे विश्वास लिएका छौं ।," यस सहकार्यबारे आफ्नो धारणा व्यक्त गर्दै एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने । 

यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ। यसले ग्राहक तथा उपभोक्ता अनुभवलाई थप सहज तथा लाभदायी बनाउने उद्देश्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
पाँच नयाँ फ्लेभरसहित बजारमा आयो एक्स्ट्रिम इनर्जी ड्रिंक

पाँच नयाँ फ्लेभरसहित बजारमा आयो एक्स्ट्रिम इनर्जी ड्रिंक

कम्पनीका अनुसार नयाँ फ्लेभरमा ग्रिन एप्पल स्वादको ‘ग्रिन म्यानियाक’, मस्कट अंगुर स्वादको ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादको ‘ट्रपिकल पञ्च’ रहेका छन् ।
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।

भर्खरै