नेभिगेशन
समाज

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

काठमाडौं । रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बुधबार बसेको समितिको ३८औँ बैठकले ३ हजार २९२ नेपाली र ६२३ विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

Marvel
Extreme Energy

समितिका अनुसार नेपाली नागरिकतर्फ ४८ जिल्लाबाट बेपत्ता व्यक्तिको विवरण यकिन भएर आएको छ। विदेशी नागरिकतर्फ १९ वटा विदेशी नियोगबाट प्राप्त सूचीका आधारमा ६२३ जनाको विवरण यकिन गरिएको हो।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ।

यसअघि नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट सूची माग गरिएको थियो।

त्यसरी प्राप्त विवरणमाथि दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो।

बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३/०८७’ पनि स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ सालसम्म सबै समुदायमा विपद्सम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ। यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने योजना छ।

त्यसैगरी बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना २०८३/८४–२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ पनि स्वीकृत गरेको छ।

बैठकले विभिन्न जिल्लाका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ स्थित भोका गाउँका २४ र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।

त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने, सबैमा रवि लामिछानेले सम्बोधन गर्ने

रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने, सबैमा रवि लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन ६ प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सभापति रवि र प्रधानमन्त्री बालेनबीच एक्लाएक्लै पाँच घण्टा छलफलको अन्तर्य

सभापति रवि र प्रधानमन्त्री बालेनबीच एक्लाएक्लै पाँच घण्टा छलफलको अन्तर्य

भारत भ्रमण सकेर फर्किएको तीन दिनपछि प्रधानमन्त्री बालेन शाह बिहीबार दिउँसो १ बजे पार्टी सभापति निवास रवि लामिछाने निवास बूढानीलकण्ठ पुगे। रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच यसअघि...
१६ लाख रुपैयाँभन्दा बढीको चिनियाँ मुद्रा बोकेका दुई चिनियाँ नागरिक पक्राउ

१६ लाख रुपैयाँभन्दा बढीको चिनियाँ मुद्रा बोकेका दुई चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ६६ हजार ९५० युआन (चिनियाँ मुद्रा) सहित सिन्धुपाल्चोकमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
रवि र बालेनबीच पाँच घण्टा छलफल, यी विषयमा कुराकानी

रवि र बालेनबीच पाँच घण्टा छलफल, यी विषयमा कुराकानी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ।

भर्खरै