नेभिगेशन
समाज

सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक विस्तारको काम सम्झौताको म्याद सकिएको एक वर्ष बित्दासमेत आधा पनि पूरा हुन सकेको छैन। दुई पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४८ प्रतिशतमा सीमित छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ पुस १५ मा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। गत पुस १५ मा निर्माण सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि पहिलो पटक १८३ दिन र दोस्रो पटक २१० दिन म्याद थप गरिएको छ। थपिएको समयभित्र पनि काम सम्पन्न नहुने भएपछि पुनः म्याद थप्नुपर्ने अवस्था आएको छ।

Marvel
Extreme Energy

आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत र भौतिक प्रगति करिब ४८ प्रतिशत छ। ३८ दशमलव ८६ किलोमिटर लामो सडकखण्डमध्ये १५ किलोमिटर मात्रै कालोपत्र भएको छ।

थप तीन किलोमिटर सडकमा बेस राखेर कालोपत्रको तयारी गरिएको छ भने पाँच किलोमिटरमा सबबेस राखिएको छ। सडकका छ पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ। बारवाङ, मौवा, गौमती र खटौती पुलमा सडकसँग जोड्ने स्थानमा कालोपत्र गर्न मात्रै बाँकी रहेको मिश्रले बताए।

हुग्दी र चरौदी पुलको भने पिल्लरसम्मको काम सकिएको छ। ती पुलको बिम र त्यसभन्दा माथिको संरचना निर्माण बाँकी छ। कुरिनटार र मुग्लिनबीच केही स्थानमा भित्तो काट्न तथा करिब तीन किलोमिटर नाला निर्माण गर्न बाँकी छ। सडकको अधिकांश भागमा कालोपत्र हुन सकेको छैन।

मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र बिजुलीका पोल स्थानान्तरण गर्न तथा नक्साङ्कन परिवर्तन गर्नुपर्दा निर्माणमा ढिलाइ भएको हो। यसअघि निर्माण सामग्रीको अभाव र पछिल्लो समय बिटुमिन नपाउँदा पनि काम प्रभावित भएको उनले बताए।

निर्माण कम्पनीका प्रतिनिधि सहदेव खड्काले समयमा नक्सा उपलब्ध नहुँदा काम प्रभावित भएको बताए। उनका अनुसार ठेक्का लागेको नौ महिनापछि मात्रै निर्माण कम्पनीले नक्सा पाएको थियो। बाढीपहिरोका कारण पनि पटकपटक नक्सा परिवर्तन गर्नुपरेको उनको भनाइ छ।

सडकमा रहेका घरटहरा हटाउन, बिजुलीका पोल सार्न र रुख काट्न समय लाग्दा पनि निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको खड्काले बताए। निर्माण सामग्री र अलकत्रा उपलब्ध भए अबको डेढ वर्षभित्र काम सक्ने उनको दाबी छ।

कुल चार अर्ब ८० करोड ५९ लाख रुपैयाँ लागतमा सडक विस्तारको जिम्मा शर्मा–जेडआइसिजीले पाएको हो। विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो सडक नागढुङ्गा–मुग्लिन सडक आयोजनाको तेस्रो प्याकेजअन्तर्गत पर्छ।

करिब ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति भइरहेको छ। यस सडकखण्डबाट दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ। सडक विस्तार सम्पन्न भएपछि राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री

गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता गर्ने र कानुनी दायित्व पूरा नगर्ने सेवा प्रदायकमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्। उनले सत्ता स्वार्थका लागि विगतमा विदेशी...
कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग गरेर अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न प्रस्ताव गरिएको छ...

भर्खरै