नेभिगेशन
समाज

राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

काठमाडौँ । सरकारले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञसमेत सहभागी समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ ।

Marvel
Extreme Energy

समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनाको अध्ययन गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्नेछ ।

नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने सरकारको तयारी छ । यसबाट दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार हुने अपेक्षा गरिएको छ ।

सरकारले पछिल्लो समय विद्युत् उत्पादन विस्तारसँगै आन्तरिक खपत वृद्धि, ऊर्जा स्रोतको विविधीकरण र विद्युत् व्यापारलाई पनि प्राथमिकता दिँदै आएको छ । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।