नेभिगेशन
समाज

शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री यादवले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै केही दिनभित्रै काठमाडौँ पुगेर कांग्रेस, एमाले र नेकपालगायतका दलका केन्द्रीय अध्यक्ष तथा शीर्ष नेतासँग संवाद गर्ने र त्यसपछि सरकार विस्तार गर्ने योजना रहेको बताए ।

Marvel
Extreme Energy

“केही दिनभित्रै काठमाडौँ जान्छु”, उनले भने, “काठमाडौँमा कांग्रेस, एमाले र नेकपालगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि सरकार विस्तार गर्छु ।”

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा सहभागी गराएर सर्वदलीय सरकार गठन गर्ने आफ्नो चाहना रहेको मुख्यमन्त्री यादवले बताए ।

यही मङ्सिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
विद्यालय सिकाइ कि यातना केन्द्र ?

विद्यालय सिकाइ कि यातना केन्द्र ?

आवश्यकतामा आधारित अतिरिक्त कक्षाको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा सहयोग पुर्‍याउनु हुनुपर्ने हो तर व्यवहारमा पुराना प्रश्नपत्र, नमुना प्रश्न र सम्भावित प्रश्नको अभ्यासलाई नै तयारीको प्रमुख माध्यम बनाउने गरिएको...
मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुरगढी गाउँपालिका–८ स्थित बुढीचौर । प्रकृतिको मनोरम सुन्दरतासँगै गाउँले जीवन, शान्त किसिमको वातावरण र स्थानीय संस्कृतिले यहाँको महिमा...
मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मुसहर बस्तीका समस्या बुझ्न शुक्रबार मधेस प्रदेशका तीन जिल्ला जाने भएकी छन्।