नेभिगेशन
समाज

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार मर्यादाक्रम हेरफेर गरिए पनि मन्त्रीहरूको कार्यविभाजन भने यथावत् राखिएको छ ।

Marvel
Extreme Energy

नयाँ मर्यादाक्रमअनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो क्रममा पुगेकी छन् । यसअघि उनी सातौँ क्रममा थिइन् । त्यस्तै, यसअघि तेस्रो क्रममा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो क्रममा झरेका छन् ।

यसअघि २०८३ जेठ २६ गते जारी गरिएको मर्यादाक्रमसम्बन्धी विज्ञप्तिमा शिशिर खनाल तेस्रो र सोविता गौतम सातौँ क्रममा थिए । नयाँ व्यवस्थाअनुसार उनीहरू पछिका मन्त्रीहरूको मर्यादाक्रम पनि सोहीअनुसार समायोजन गरिएको छ ।

अद्यावधिक मर्यादाक्रमअनुसार प्रधानमन्त्री बालेन शाह पहिलो, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो, कानूनमन्त्री सोविता गौतम तेस्रो र परराष्ट्रमन्त्री शिशिर खनाल चौथो क्रममा छन् ।

त्यसपछि क्रमशः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ क्रममा छन् ।

त्यस्तै, महिलामन्त्री सीता वादी नवौँ, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल दसौँ, स्वास्थ्यमन्त्री निशा मेहता एघारौँ, शिक्षामन्त्री सस्मित पोखरेल बाह्रौँ, संस्कृतिमन्त्री खडकराज पौडेल तेह्रौँ, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना चौधौँ, कृषिमन्त्री गीता चौधरी पन्ध्रौँ, उद्योगमन्त्री दिपककुमार साह सोह्रौँ र श्रममन्त्री रामजी यादव सत्रौँ क्रममा छन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को मर्यादाक्रम मात्र हेरफेर गरिएको हो । मन्त्रीहरूले सम्हाल्दै आएका मन्त्रालय र जिम्मेवारीमा भने परिवर्तन गरिएको छैन ।

8-10_मन्त्रिपरिषद्-मर्यादाक्रम-हेरफेर_विज्ञप्ति_IMG_0001-scaled-1795689534.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।
विद्यालय सिकाइ कि यातना केन्द्र ?

विद्यालय सिकाइ कि यातना केन्द्र ?

आवश्यकतामा आधारित अतिरिक्त कक्षाको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा सहयोग पुर्‍याउनु हुनुपर्ने हो तर व्यवहारमा पुराना प्रश्नपत्र, नमुना प्रश्न र सम्भावित प्रश्नको अभ्यासलाई नै तयारीको प्रमुख माध्यम बनाउने गरिएको...