नेभिगेशन
समाज

१७ दिनपछि कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रमुख कर्णलाई

काठमाडौं । कोशी प्रदेश प्रमुखको पद रिक्त भएको १७ दिनपछि मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेशको समेत कार्यभार तोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।

Marvel
Extreme Energy

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिमा कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि मधेस प्रदेशका प्रमुखलाई उक्त जिम्मेवारी दिइएको उल्लेख छ ।

कोशी प्रदेशका तत्कालीन प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल पूरा भएपछि गत कात्तिक २३ गतेदेखि उक्त पद रिक्त भएको थियो । २०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त भएका खापुङले पाँचवर्षे कार्यकाल पूरा गरेका थिए ।

खापुङको कार्यकाल सकिएपछि नयाँ प्रदेश प्रमुख नियुक्ति हुन सकेको थिएन । पद रिक्त भएको दुई साताभन्दा बढी समयसम्म अर्को प्रदेशका प्रमुखलाई समेत कार्यभार नतोकिँदा कोशी प्रदेशका संवैधानिक कामकारबाही प्रभावित हुन सक्ने विषयमा चासो व्यक्त हुँदै आएको थियो ।

नेपालको संविधानको धारा १६५ को उपधारा (२) मा कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा नयाँ नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई उक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ ।

यसअघि पनि कोशी प्रदेशका प्रमुख खापुङ मलेसिया भ्रमणमा जाँदा तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशीको समेत कार्यभार दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, ककसको कुन वरीयता?

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।
शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

शीर्ष नेतासँग छलफलपछि मधेस सरकार विस्तार गर्ने मुख्यमन्त्री यादवको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।
विद्यालय सिकाइ कि यातना केन्द्र ?

विद्यालय सिकाइ कि यातना केन्द्र ?

आवश्यकतामा आधारित अतिरिक्त कक्षाको मुख्य उद्देश्य विद्यार्थीको सिकाइमा सहयोग पुर्‍याउनु हुनुपर्ने हो तर व्यवहारमा पुराना प्रश्नपत्र, नमुना प्रश्न र सम्भावित प्रश्नको अभ्यासलाई नै तयारीको प्रमुख माध्यम बनाउने गरिएको...