नेभिगेशन
समाज

कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग गरेर अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न प्रस्ताव गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा बिहीबार केन्द्रीय सदस्यहरूले सांगठनिक कार्यभार, ‘नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचन, प्रतिपक्षको भूमिका र सरकारका गतिविधिबारे धारणा राखेका छन् ।

Marvel
Extreme Energy

बैठकमा भोटेकोसी तथा बूढीगण्डकी बाढीपीडित र विस्थापित सुकुम्बासीको अवस्था, १५औँ महाधिवेशनबाट पारित नीति तथा दृष्टिकोण र समसामयिक मुद्दा जनतामाझ लैजाने विषयमा पनि छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा भ्रातृ संस्थाको सबलीकरण, बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने, नागरिकका दैनिक जीविकाका कठिनाइ सम्बोधन गर्ने र वडा तथा टोल तहसम्म पार्टी परिचालन गरी बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विषयमा पनि धारणा राखिएको उनले बताए ।

तिमिल्सिनाले एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग गरी अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न आफूले प्रस्ताव राखेको जानकारी दिए ।

विगतमा रुख चिह्नबाट निर्वाचित स्थानीय, प्रदेश र सङ्घीय तहका जनप्रतिनिधि तथा पदाधिकारीमध्ये मूल प्रवाहमा नदेखिएका र महाधिवेशन तथा नियमित प्रक्रियामा सहभागी नभएकालाई सचेत गराउनुका साथै कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्। उनले सत्ता स्वार्थका लागि विगतमा विदेशी...
वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालका पुराना र नयाँ भवन जोड्ने गरी लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ ।
राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

सरकारले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा...
मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।