नेभिगेशन
समाज

वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालका पुराना र नयाँ भवन जोड्ने गरी लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालका दुई भवनमा आवतजावत गर्न बिरामीलाई समस्या भएपछि महानगरपालिकाले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो । पुल निर्माण कार्यको बिहीबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शिलान्यास गरिन् ।

Marvel
Extreme Energy

शिलान्यासका क्रममा डङ्गोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन लाग्ने, क्षेत्र व्यस्त रहने तथा सडक पार गराउँदा बिरामीले भोग्नुपर्ने कठिनाइलाई ध्यानमा राखेर आकाशे पुल निर्माण गर्न लागिएको बताइन् ।

पुरानो र नयाँ अस्पताल भवनबीच सडक रहेकाले बिरामीलाई ट्रलीमा राखेर सडक पार गराउनुपर्दा गाडी, मोटरसाइकल र स्कुटरको चापका कारण कठिनाइ हुने गरेको उनले बताइन् । बिरामी र चिकित्सक दुवैको सुरक्षा तथा सहजताका लागि दुई भवन जोड्ने पुल निर्माण गर्न लागिएको उनको भनाइ छ ।

पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्यासमेत ओसारपसार गर्न मिल्ने लिफ्ट जडान गरिनेछ । साथै, दुवै भवनतर्फ अस्पताल परिसरभित्रै भर्‍याङसमेत निर्माण गरिने महानगरपालिकाले जनाएको छ ।

अस्पतालका मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी लैजान हाल मूल सडक पार गर्नुपर्ने बाध्यता छ । आकाशे पुल र लिफ्ट सञ्चालनमा आएपछि सडक पार गरेर बिरामी ओसारपसार गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।

महानगरपालिकाका अनुसार चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुने पुल आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्। उनले सत्ता स्वार्थका लागि विगतमा विदेशी...
कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग गरेर अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न प्रस्ताव गरिएको छ...
राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

सरकारले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा...
मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।