नेभिगेशन
समाज

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्। उनले सत्ता स्वार्थका लागि विगतमा विदेशी शक्तिसामु लम्पसार पर्ने प्रवृत्ति अहिले पनि दोहोरिएको टिप्पणी गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौतामाथि प्रश्न उठाउँदै सरकारको जवाफ मागेका हुन्।

Marvel
Extreme Energy

उनले नेपालको प्राथमिकतामा रहेका आयोजनामा भारतलाई प्राथमिकता दिने गरी सन् १९५० को सन्धिको प्रावधान ब्युँताइएको आरोप लगाए। भारतको सुरक्षा निकायलाई तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको दाबी छ।

रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै राष्ट्रिय हितमा आधारित हुनुपर्ने बताए। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै उनले आपत्ति जनाए।

उनले दुई पूर्वश्रममन्त्री पक्राउ परेको प्रसंगमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू पनि जोडिएको विषयमा उनीहरू कानुनको दायरामा किन नआएको भन्दै प्रश्न गरे।

सुशासनका लागि कानुन मान्ने, विधिअनुसार चल्ने र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको भएको उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न दुरुपयोग गरेर अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न प्रस्ताव गरिएको छ...
वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालका पुराना र नयाँ भवन जोड्ने गरी लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ ।
राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

सरकारले राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा...
मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

मन्त्रिपरिषदमा सोवितालाई तेस्रो वरीयता

सरकारले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।