नेभिगेशन
समाज

साफ यु–१७ महिला च्याम्पियनसिपः नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ ।

Ncell
Extreme Energy

 पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २–१ गोलले हराएको थियो ।

 यसैगरी भुटानलाई ३–१ ले हराएको बङ्गलादेशले भारतसँग २–० को पराजय बेहोरेको थियो । बङ्गलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बङ्गलादेशलाई सहज जित दिलाइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

एनपिएल नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सव भएको बताएका छन् ।
आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजदेखि एनपिएल सुरु हुँदै, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...