नेभिगेशन
समाज

करिब ३० वर्ष बन्द भएर २ वर्षदेखि पुनः सञ्चालनमा आएको कृषि औजार कारखाना (तस्बिरहरु)

काठमाडौँ । करिब ३० वर्षसम्म सञ्चालन नगरी थन्किएर बसेको वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनमा आएसँगै विभिन्न १४ प्रकारका हाते औजार र मेसिनहरुको विकास र अनुसन्धान सुरु गरी सकेको छ । नेपालमा कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो। सुरुआती चरणमा कारखानाले कृषि औजार उत्पादन गरी स्वदेश र विदेशमा निर्यात गर्ने गरेकोमा व्यवस्थापकीय कमजोरीले २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा पुग्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA12-1756540341.jpg

Ncell
Extreme Energy

त्यसका साथै आर्थिक वर्ष २०८१/०८२ मा सो कारखानामा उत्पादित हाते औजार र मेसिन बिक्री गरी १७ लाख भन्दा बढी आम्दानी सुरु गरेको देवले जानकारी दिए । ३६ जना कार्यरत सो कारखानामा ८ जना इन्जिनियर र बाँकी टेक्निसियन रहेका छन । नेपाल सरकारले कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिए पनि आर्थिक सहयोग भने प्रधान गरेको छैन । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले किताब बेचेर जम्मा गरेको रकम र कारखानाले विभिन्न औजार र मेसिन बिक्री गरेको पुँजीबाट नै कारखाना सञ्चालन गरिएको प्रमुख देवले जानकारी दिए । नेपालमा वार्षिक अर्बौको कृषि सामग्री आयात गर्नु पर्ने अवस्थामा सो कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरी देशको मागलाई सम्बोधन गरी निर्यात गर्ने लक्ष्य सहित अहिले काम भई रहेको देवले जनाए ।

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA10-1756540340.jpg

तत्पश्चात २०७९ असोज ११ गते नेपाल सरकारले कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएसँगै त्यहाँका लगभग ७० देखि ८० प्रतिशत पुराना मेसिनहरु मर्मत गरी सञ्चालक गरी उत्पादन पनि सुरु गरिएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख मेकानिकल इन्जिनियर तथा कृषि औजार कारखानाका प्रमुख रितेश देवले जानकारी दिए । हाल कारखानामा पुराना मेसिन सँगै सीएनसी मेसिन जडान गरी औजार उत्पादनको कार्यलाई तीव्रताका साथ आगाडी बढाईएको उनले बताए । कारखानाले हालसम्म धन रोप्ने मेसिन, हाते ट्याक्टरको हुईल, माछाको भुरा उत्पादन गर्ने फीस इनक्युभेटर र अक्सिजन टावर, पराल काट्ने, धान काट्ने ९रिपर०, दाना बनाउने, घाँस खुर्कने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनका कृषि औजार तयार गरी बिक्री वितरण समेत गरिसकेको छ ।Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA11-1756540340.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA8-1756540338.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA6-1756540337.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA7-1756540337.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA4-1756540336.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA5-1756540336.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA2-1756540335.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA3-1756540335.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA-1756540334.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA1-1756540334.jpg

Krisi-Aaujar-Kendra_Birganj_SIDHAKURA-1756540284.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै