नेभिगेशन
समाज

फेवाताल छेउछाउका अवैध टहरामा डोजर चल्यो, स्थानीयद्वारा विरोध (तस्बिरहरु)

पोखरा । पोखरा महानगरपालिका ले फेवाताल छेउछाउमा अवैध रूपमा बनाइएका टहरा भत्काउने अभियान सुरु गरेको छ। महानगरपालिकाले शनिबार बिहान करिब ३ः३० बजेदेखि डोजर प्रयोग गरेर फेवाताल आसपासका टहरा हटाउन थालेको हो। 

बिहानसम्ममा मात्रै महानगरले दुई दर्जनभन्दा बढी टहरा भत्काइसकेको जनाएको छ। फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। पछिल्लो समय ताल क्षेत्र वरिपरि अव्यवस्थित रूपमा टहरा तथा संरचना निर्माण बढेपछि हटाउने कार्य तीव्र बनाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् । डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

Ncell
Extreme Energy

विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ । फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।

तस्बिरहरूः अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library6-1775285820.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library3-1775285820.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library10-1775285813.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library7-1775285813.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library11-1775285806.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library13-1775285806.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library3-1775285797.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library12-1775285797.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library7-1775285791.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library2-1775285791.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library12-1775285790.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...