नेभिगेशन
समाज

गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।  सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको स्मरण गरेका थिए ।

Ncell
Extreme Energy

त्यस्तै उनले जेनजी युवाहरुले गरेको आन्दोलनमा घुसपैठ गरेर राजनीतिक दलले देशका लागि गरेको योगदानलाई मास्ने काम भएको आरोप लगाएका छन । जेनजी आन्दोलनको छानविन गर्नुपर्ने उनले बताएका छन । उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छिटै बस्ने र जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने धारणा व्यक्त गरे ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिनुभएका नेता गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित सिंहले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण योगदान गरेका थिए । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर समेत थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...