नेभिगेशन
समाज

आज ३४औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवस

काठमाडौँ । बुधबार ३४ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ लगाएत बिभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरीको आयोजना गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रभातफेरीपछि भृकुटीमण्डपमा मूल समारोहको आयोजना गरिएको थियो । मूल समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार स्थापीत गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपाङ्ग महासंघसंग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उनले बताए ।

Ncell
Extreme Energy

त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गरे । निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उनको भनाइ छ । उनले सुशासन, भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वर्तमान सरकार अघि बढ्ने स्पष्ट पारेका थिए ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ ।  यसै अवसरमा विभिन्न दल, संघसगठन तथा संस्थाहरुले दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...