नेभिगेशन
सबै कुरा

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । 

तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ । पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको सुविधासम्पन्न कारागार भवनको वरिपरि सुरक्षा पर्खाल बन्न नसक्दा उक्त कारागार भवन अहिले रित्तै छ । जीर्ण बनेको पुरानो कारागारमा भने बन्दीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता छ ।

Dish Home
Global Ime Bank

विसं २०८० असारमै निर्माण सम्पन्न भएको कारागारमा बजेट अभावका कारण सुरक्षा पर्खाल बन्न नसक्दा बन्दी सार्न नसकिएको निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णले बताए । 

सुरक्षा पर्खाल बनेमा नयाँ पक्की कारागारमा महिला कैदीलाई सार्न मिल्ने र पुरुष कैदीलाई हालको महिला कारागारमा राख्ने योजना  छ । 


पन्ध्र जना पुरुष कैदीबन्दीको क्षमता भएको कारागारमा पाँच गुणा बढी ७८ जना कैदी राखिएको छ तर १५ जनाकै क्षमता भएको महिला कारागारमा जम्मा छ जना मात्रै कैदी छन् । कारागार व्यवस्थापन विभागले रु ५० लाख ४५ हजार ७१३ को लागतमा नयाँ भवन निर्माण गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको बयान सुरु

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको हो ।  बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।
पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित हुने

कानुनी स्रोतका अनुसार, बुधबारदेखि सुरु हुने बयान छोटो समयमा सक्ने रणनीति बनाइएको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ, जहाँ नेपाल पक्षले उनलाई साधारण तारेखमा छाडेर मुद्दा अघि बढाउनुपर्ने...
सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।