नेभिगेशन
समाज

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

काठमाडौँ । पूर्वमन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् केन्द्रको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिलिमेमा जलविद्युत् आयोजना सञ्चालनको लामो प्राविधिक अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेका घिसिङले उद्धारका क्रममा उद्धारका क्रममा सुरुङभित्र फसेका कर्मचारीहरू सकुशल रहेको बलियो आशा र सङ्केतहरू भेटिएको उल्लेख गरेका छन् । 

Marvel
Extreme Energy

सुरुङको साँघुरिएको भागबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि (इको) सुनिएको र भित्रबाट चिसो हावा समेत आइरहेकाले फसेका व्यक्तिहरू सुरक्षित रहेको अनुमान गरिएको घिसिङले जानकारी दिएका छन् ।

उनकाअनुसार हाल विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा थुप्रिएको ठूलो मात्राको लेदो, बालुवा र ढुङ्गा हटाउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ । उद्धार टोली लेदोको भाग छिचोल्दै अगाडि बढेको र अब विद्युत्गृहसम्म पुग्न करिब १०० मिटर मात्र बाँकी छ ।

यसैबीच, स्याफ्रुबेँसीतर्फबाट सुरुङसम्म बाटो बनाउन भारी उपकरणहरू परिचालन गरिएको छ । आज बेलुकासम्ममा सुरुङसम्म एक्स्काभेटर र लोडर पुग्ने र त्यसपछि उद्धार कार्यले थप तीव्रता पाउने उनको भनाइ छ । 

घिसिङले फसेकाहरुको उद्धार अभियान चलिरहेको भन्दै सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई छिट्टै सकुशल बाहिर ल्याउन सकिने आशा व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको अमेरिकी सिनेट दौडमा ऐतिहासिक जित दर्ता गराउँदै सिनेट (अमेरिकी संसदको माथिल्लो सदन) मा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकी मध्यकालीन (मिडटर्म) निर्वाचनमा डेमोक्रेट्सले ऐतिहासिक जित हासिल गरेका छन्। उनीहरूले अमेरिकी कंग्रेस (व्यवस्थापिका) मा स्पष्ट बहुमत हात पारेका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।