नेभिगेशन
समाज

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको भित्तो भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिको फोटोले भरिएको छ । बेपत्ता व्यक्तिका आफन्तले फोटोसँगै विवरण पनि भित्तामा टाँसेका छन् ।
भित्तामा नेपालीको मात्रै होइन, विदेशी नागरिकका पनि फोटो छन् । भोटेकोशी बाढीपछि नेपाली सँगै विभिन्न देशका पर्यटक पनि सम्पर्कविहीन छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भित्तामा बेपत्ता व्यक्तिहरुको तस्वीर छ, भुइँमा उनीहरुका आफन्त छन् । बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त आफन्तले अस्पतालहरु चहारिरहेका छन्, सुरक्षा निकाय धाइरहेका छन्, खोजीका लागि हारगुहार गरिरहेका छन् ।

Ncell
Extreme Energy

bepatta-bhayakaharu-(2)-1788078319.jpeg
 

भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारमा शवहरु संकलन भइरहेको छ । कुनै शव सग्ला छन्, कुनै अंगभंग भएको अवस्थामा छन् । कतिपय शव त चिन्नै नसकिने अवस्थामा छन् । 

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, पूर्वी र पश्चिम नवलपरासीसम्मै शव भेटिएको छ । कतिपय शव काठमाडौँ ल्याइएको छ । रसुवादेखि काठमाडौँसम्मका १४ वटा अस्पतालमा घाइते अवस्थामा उद्धार गरिरहेकाहरुको उपचार भइरहेको छ । जहाँ जहाँ शव राखिएको छ, त्यहाँ आफन्त पुगेका छन्, जहाँ जहाँ घाइतेहरुको उपचार भइरहेको छ, त्यहाँ पनि उनीहरु पुगेकै छन् । उनीहरु पुग्न कहीँ बाँकी छैन, हारगुहार गर्न पनि बाँकी छैन । रुँदा रुँदा आँखामा आँशु पनि बाँकी छैन । तर पनि आफन्तले हार मानेका छैनन् । सकेसम्म जीवितै भेट्ने आशा छ । त्यसैले त यत्रतत्र भौँतारिरहेका छन् । 

एकातिर आफन्तको यो कारुणिक अवस्था छ । अर्कोतिर राज्यले बेपत्ताको खोजी र उद्धारका लागि प्रयास गरिरहेको छ । सरकारकै तथ्यांकमा २५ सयभन्दा बढी अझै पनि सम्पर्कविहीन छन् । उनीहरुलाई हरहालतमा फेला पार्ने र उद्धार गर्ने सरकारको प्रयास छ । नदीमा बगेकादेखि भीरमा अड्केकासम्म, जलविद्युत आयोजनाहरुको सुरुङमा फसेकादेखि पहिरोमा पुरिएकाहरुसम्मको खोजी भइरहेको छ । 

भौगोलिक कठिनाइ, उद्धार सामग्री र प्रविधि अनि प्रतिकूल मौसमका कारण बाढीको पाँच दिन बितिसक्दा पनि खोजी र उद्धारमा अपेक्षाकृत सफलता हात पर्न सकेको छैन । 

बाढीग्रस्त क्षेत्रदेखि अस्पतालसम्म आफन्तजनको क्रन्दन चलिरहँदा सरकारलाई भने शव व्यवस्थापनमा समस्या परेको छ । पहिचान भएका शवलाई आफन्तलाई हस्तान्तरण गरिएको छ । आफन्तले लगेर अन्तिम संस्कार गरिरहेका छन् । तर, समस्या यस्तो छ– पहिचान भएका शवको संख्या भन्दा पहिचान नभएका शवको संख्या बढी छ । 

चितवनमा शव सुरक्षित राख्नै ठाउँ अभाव भएपछि देवघाटको जंगलमा खाल्डो खनेर शव व्यवस्थापन गर्न थालिएको छ । निश्चित मापदण्ड अनुसार नै शव व्यवस्थापन गरिएको स्थानीय प्रशासनको दाबी । 
चितवनमा मात्रै होइन, जहाँ जहाँ शव भेटिएको छ र राखिएको छ, ती सबै जिल्लामा अनि अस्पतालमा शव सुरक्षित राख्न ठाउँ अभाव छ ।

Chitwan-Dead-Body-In-Jungle-(2)-1787995696.JPG
 

काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अहिले पनि ५१ शव राखिएको छ । यहाँ राखिएका ५१ शवको पहिचान खुलेको छैन । अस्पतालमा लगिएका ५९ शवमध्ये ८ जनाको पहिचान खुलेपछि आफन्तलाई हस्तान्तरण गरियो । तर, बाँकी ५१ शवलाई के गर्ने ? अस्पताललाई चुनौती छ । 

शव अरु पनि आउन सक्छ । थप आए के गर्ने ? कसरी राख्ने ? समस्या सुरु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले भनेको छ– अब यो भन्दा बढी शवलाई सुरक्षित राख्न सकिँदैन । घाइतेको उपचारका लागि व्यवस्था गर्न सकिने भए पनि शव राख्न नसकिने भन्दै अस्पतालले आवश्यक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई भनिसकेको छ । चितवनमा जस्तैगरी भए शव व्यवस्थापन गरिनुपर्ने सुझाव अस्पतालले दिएको छ । 

बेपत्ता खोज्दै आफन्तहरु भौतारिरहेका छन् । यता उता दौडिरहेका छन् । हरेक दिन मृतकको संख्या बढिरहेको छ । शव भेटिने क्रम पनि बढिरहेको छ । शव थपिइरहँदा सुरक्षित राख्न राज्यलाई नै समस्या भइरहेको छ । तर, एक हप्ता पनि शव सुरक्षित राख्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । 

विपदमा परेका नागरिकलाई सकेसम्म जीवितै उद्धार गर्नु राज्यको दायित्व हो । जीवितै उद्धार गर्न नसकिए शव भए पनि खोज्नु पनि राज्यकै कर्तव्य हो । भेटिएसम्म आफन्तलाई हस्तान्तरण गर्नु र परम्पराअनुसार अन्त्येष्टि गरिनुपर्छ । आफन्त नभेटिएमा मात्रै राज्यले शव व्यवस्थापन गर्नुपर्छ । तर, कहिलेसम्म यी शव राख्ने ? राज्यलाई समस्या भएपछि व्यवस्थापन थालिएको हो । शव व्यवस्थापन गर्दा भेटिएको शवको तस्बिर र डीएनए परीक्षणका लागि नमुना सुरक्षित राखिएको सरकारले बताएको छ । 

यो त भेटिएका शवको व्यवस्थापन र बेपत्ताका परिवारको कुरा भयो । राज्यसँग अर्को चुनौती पनि छ र त्यो हो– सकुशल उद्धार गरिएका नागरिकहरुको पुनस्र्थापना । भोटेकोशीको बाढीबाट ५ जिल्लाका हजारौँ मानिस विस्थापित भएका छन् । बाढीले सबै सम्पत्ति बगाएको छ । आधा दर्जनभन्दा बढी बजार त खण्डहर नै बनेका छन् । अब ती ठाउँमा फेरि बस्ती बसाउने सम्भावना छैन । कसैको त वैकल्पिक ठाउँ होला, तर, कतै आड लगाउने ठाउँ नभएकालाई सरकारले नै पुनस्थापना गर्नुपर्छ । बेपत्ताको खोजी र शव व्यवस्थापनमै समस्या देखियो, अब जीवितै उद्धार गरिएकाहरुको पुनस्थापनामा समस्या नहोस्, सरकारले कमजोरी नगरोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले...
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...