नेभिगेशन
समाज

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

काठमाडौं । नेकपा एमालेभित्र उठेको पुनर्गठनको प्रश्नले फरक मोड लिएको नेताहरूले बताएका छन् ।

गत जेठ १० गते एक महिना समय पाएको पुनर्गठन सुझाव कार्यदलले तीन महिनामा पनि निष्कर्ष बुझाउन नसकेपछि मुद्दा अलमलिएको आशंका नेताहरूले गरिरहेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१३ वटा समूहबाट आएको सुझावलाई एकतृत गरेर प्रतिवेदनका रूपमा कार्यदललमा छलफल गर्नुको सट्टा ‘रायका ठेली’ नै अध्यक्षकहाँ पुर्‍याइएको भन्दै संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलको आलोचना भएको थियो । १५ सदस्यीय कार्यदलले सुझावलाई संश्लेषण गरेर प्रतिवेदनको रूप दिने जिम्मा नै दुई नेतालाई दिएको थियो ।

Ncell
Extreme Energy

दुई नेता सँगै बसेर मस्यौदा गरेको प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएपछि सचिवालयमा पेश गर्ने र केन्द्रीय कमिटीमा छलफलमा लैजाने स्थापित विधि हो ।

तर यो सुल्टो बाटो नहिँडी महासचिव पोखरेलले बादललाई आफ्नो तर्फबाट प्रतिवेदन बुझाएका थिए । उक्त ठेली बादलले अध्यक्ष ओलीको हातमा पुर्‍याएको चर्चा एमालेभित्र छ ।

यसरी प्रतिवेदनलाई निचोडमा पुर्‍याउन कार्यदल असक्षम रहेका बेला ओलीले संस्थापन पक्षलाई एक ठाउँमा ल्याउने तयारी थालेको नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार गत बिहीबार (भदौ ४ गते) अध्यक्ष ओली आफूनिकट नेताहरू, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, पूर्वपदाधिकारी विष्णु रिमाल, प्रदीप ज्ञवालीलाई बोलाएका थिए ।

यसमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र भानुभक्त ढकाल थपिएका थिए ।

बैठकको सुरूआतमा उपाध्यक्ष बादलले पुनर्गठनको नाममा पार्टी नेतृत्वलाई प्रहारको केन्द्र बनाइएको भन्दै कुरा झिकेका थिए ।

उनले उपाध्यक्ष विष्णु पौडेल यसको सूत्राधार रहेको भन्दै पार्टी पुनर्गठन अहिलेको प्राथमिकता र प्रश्न दुवै नरहेको बताएका थिए ।

त्यस दिन बादलले अ‍ोलीको बोलीको भाका टिपेको नेताहरूको दाबी छ ।

‘अध्यक्ष ओलीको आड पाएकाले उहाँ नेताहरूको मान मर्दन गर्ने, पुनर्गठन पक्षधरहरूको अपमान गर्ने शैलीमा प्रस्तुत हुनुभएछ,’ एक नेताले भने, ‘पुनर्गठन अभियानको नेतृत्व गरेकाले उपाध्यक्ष विष्णु पौडेललाई बढी नै तेजोबध गर्नुभएछ ।’

अध्यक्ष ओलीले प्रतिवेदन पुनर्लेखन हुने र पार्टीलाई आफ्नै नेतृत्वमा पुनर्जागरण गर्ने निचोड सुनाएका थिए ।

अध्यक्ष ओली र उपाध्यक्ष बादलको निचोड यसअघि नै सुनिसकेकाले नेताहरूका निम्ति त्यो अनौठो परिघटना थिएन ।

तर विष्णु पौडेलको प्रस्तुतिले भने अचम्भित बनाएको नेताहरूको दाबी छ । पौडेलले त्यस दिन ‘राजनीतिक आत्मसमर्पण’ नै गरेको नेताहरू बताउँछन् ।

छलफलका क्रममा उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनको प्रश्न भनेको नेतृत्व परिवर्तनको प्रश्न नभएको बताएका थिए ।

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि अवस्था होइन । त्यसकारण नेतृत्व परिवर्तनको प्रश्नै होइन,’ उनले भनेका थिए ।

महासचिव शंकर पोखरेलले त्यस दिन पुनर्गठनबारे केही नभने पनि उनको बोली फेरिएको नेताहरूले शंका गरेका छन् ।

त्यसको आधार गत भदौ ६ गते विराटनगरमा प्रेस चौतारीको अन्तक्रिया कार्यक्रममा महासचिव पोखरेलले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा नरहेको सन्देश दिनु रहेको ती नेताहरूको दाबी छ ।

‘पार्टीको कार्यसम्पादन शैली, संरचना, संगठनात्मक ढाँचा परिवर्तन गर्नुपर्छ र यसलाई वहन गर्ने नेता चाहिन्छ भन्ने महासचिवको एकाएक बोली परिवर्तन हुनुले शुभ संकेत गर्दैन, कि उहाँ एक्लिएको हुनुपर्छ, कि ओलीसँग सुलह गरेको हुनुपर्छ,’ एमालेकै एक पदाधिकारीले सिधाकुरासँग भने ।

महासचिवको राजनीतिक छविले सुलहको बाटो रोज्न नसक्ने उनीहरूको बुझाइ देखिन्छ । उपाध्यक्ष पौडेल गरमबाट एकाएक नरममा रूपान्तरण भएपछि महासचिव एक्लिएको चाहिँ हुन सक्ने नेताहरूको विश्लेषण छ ।

यो पनि–

ओली हटाउन पुनर्गठन पक्षले थालेको दुई तयारी

ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री नियुक्तिविरुद्ध छुट्टाछुट्टै रूपमा दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ...
जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।