नेभिगेशन
मुख्य समाचार

ओली हटाउन पुनर्गठन पक्षले थालेको दुई तयारी

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजिरहेको पुनर्गठन पक्षधरले दुई तयारी थालेका छन् ।

पुनर्गठन पक्षधरहरूको सोमबार पनि बैठक बसेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बानेश्वरमा बसेको बैठकमा सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, आनन्द पोखरेल, कृष्णप्रसाद दाहाल, वैजनाथ चौधरी, पुरूषोत्तम पौडेल, माधव अर्याल, सोम मिश्र, अरबिन्द सिंह, उषाकिरण तिमिल्सिना, नवराज सिलवाल, तपेन्द्रजंग शाही लगायत १२ जना सहभागी थिए ।

Ncell
Extreme Energy

शनिबार बसेको बैठकले कार्यदलको निचोड पर्खने निष्कर्ष निकालेको थियो । अध्यक्ष ओलीले पुनर्गठन पक्षधरप्रति निर्मम बन्दै गएको र केन्द्रीय कमिटी बैठक ‘फेस’ गर्ने हाकाहाकी बताइरहेकाले कार्यदलको निचोड पर्खनुको कुनै तुक नरहेको निष्कर्ष हिजोको भेलाले निकालेको थियो ।

सचिवालयमा ओली अल्पमतमा देखिए पनि केन्द्रीय कमिटीमा प्रचण्ड बहुमतमा छन् ।

‘सचिवालयमा पनि नेताहरू कहाँकहाँ उभिन्छन् थाहा छैन । केन्द्रीय कमिटीमा उनी बहुमतमै छन्,’ बास्कोटाले छलफलमा भनेका थिए, ‘अहिलेकै केन्द्रीय कमिटीले ओलीलाई अप्ठ्यारो पार्न सक्छजस्तो मलाई चाहिँ लाग्दैन ।’

महाधिवेशनमा १९ सदस्यीय सचिवालयमा इतरसमूहबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले चुनाव जितेका थिए । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १२ जना केन्द्रीय सदस्य मात्रै इतरसमूहबाट निर्वाचित भएका थिए ।

‘अध्यक्ष ओली पक्षले ७० प्रतिशत पुनर्गठनको विपक्षमा उभ्याउँछौं भनेर हाकाहाकी भनिरहेका छन् । ९८ प्रतिशतबाट उनीहरूको पनि कन्फिडेन्स घटेको देखिन्छ । तर हामीले ख्याल के गर्नुपर्छ भने सचिवालयमा पुनर्गठनको पक्षमा देखिएका नेता कहाँ उभिन्छन् भन्ने कुराले घट्दो ३०  प्रतिशतको अवस्था निर्क्यौल गर्छ,’ सोमबारको छलफलमा उठेको प्रसंग बताउँदै एक नेताले जानकारी दिए ।

त्यसैले सचिवालय र केन्द्रीय कमिटीको बैठक नपर्खिइ समानान्तर हिसाबले अघि बढ्नुपर्ने निचोड सोमबारको छलफलले निकालेको ती नेताले बताए ।

ती नेताका अनुसार सोमबारको भेलाले प्रदेश–प्रदेशमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को भेला गर्ने निचोड निकालेको छ । सुरूआत बागमती प्रदेशबाट गर्ने निचोडमा पुनर्गठन पक्षधर पुगेका छन् । बागमतीको भेलाको संयोजन गर्न मकवानपुरका कृष्ण दाहाल, दोलखाका आनन्द पोखरेल र भक्तपुरका सोम मिश्रलाई जिम्मा दिइएको छ ।

बागमतीपछि मधेसमा भेला हुनेछ । ती नेताका अनुसार मधेसमा भेला गर्नका लागि पुरूषोत्तम पौडेल, अरबिन्द सिंहलाई जिम्मा दिइएको छ ।

गण्डकीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ र सचिव खगराज अधिकारीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरूको छुट्टै भेलाको तयारी गरेका छन् । पछिल्लो समय गुरूङ र अधिकारी पुनर्गठनको पक्षमा खुलेका छन् । आइतबार त्यहाँ मिसन पार्टी जागरण अभियानअन्तर्गत भेला आयोजना गरिएको थियो । एमालेमा ११ औं महाधिवेशनका प्रतिनिधि नै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य हुने व्यवस्था छ ।

सोमबारको छलफलले पार्टी पुनर्गठनको अलग्गै अवधारणा तयार पार्ने पनि निष्कर्ष निकालेको छ । पुनर्गठन कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीनिवास गुण्डुमा अलपत्र परेको, कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले अलग्गै प्रतिवेदन तयार पार्ने गृहकार्यमा लागेको बुझिएकाले त्यसको निचोड पर्खनुको अर्थ नहुनेमा छलफलमा सहभागी एक मत थिए ।

त्यसैले छुट्टै दस्ताबेज लिएर तल जाने निष्कर्षअनुरूप अवधारणा तयार पार्न लागिएको हो ।

अवधारणा तयार पार्न सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, पुरूषोत्तम पौडेललाई जिम्मा दिइएको अर्का सहभागीले बताए ।

‘उहाँहरूले तयार पार्नुभएको अवधारणा बोकेर अब हामी तल जान्छौं, बहस सिर्जना गर्छौं,’ ती नेताले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...

भर्खरै