नेभिगेशन
समाज

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघ परिसरमा निर्मित ‘चिस्यान कक्ष’मा राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कक्षमा राखिएका शवको अनुहार बाहिरपट्टि डिस्प्लेमा देखाइएका छन् । डिस्प्लेमा देखाइएकाहरु आफ्ना आफन्त हुन्–होइनन् भन्ने पहिचान गर्न यहाँ सयौँको भीड छ ।

Ncell
Extreme Energy

शुक्रबार दिउँसो चितवनका राजेन्द्र खनाल क्षेत्री पनि हल भित्र–बाहिर गरिरहेका थिए । उनको हातमा मोबाइल थियो । मोबाइलको स्क्रिनमा मुस्कानसहितको एउटा खुलै देखिन्थ्यो । त्यो फोटो बहिनी सुजाता कौडेलको हो । सुजाता बाढीमा परेर बुधबार बिहानदेखि बेपत्ता छिन् ।

रक्षाबन्धनमा दाजु–बहिनी मिलनको माहोल छ । यहीबीच राजेन्द्र बेपत्ता बहिनी खोज्दै शवगृह धाएका छन् । ‘हामी दुई भाइको एउटा मात्र बहिनी हो । आज ऊ हामीसँग सम्पर्कमा छैन’, राजेन्द्रले सुनाए ।

सुजाताको घर गोरखाको पालुङटार हो । उनी गोसाइँकुण्डको धार्मिक यात्रामा निस्किएकी थिइन् । उनीसहित ४३ जना सवार बस बाढीयता बेपत्ता छ । बाढीकै दिन बिहान ६ बजे सुजाताले परिवारसँग कुरा गरेकी थिइन् ।

घटना थाहा पाएयता बुबाआमा र परिवारका सदस्य भावविह्वल छन् । कसैलाई निद्रा परेको छैन। ‘बुबाआमा सुत्नुभएको छैन । सबै रुँदै बसेका छन्’, राजेन्द्रले घरको अवस्था सुनाए, ‘म जेठो छोरा । रात लामो र कष्टकर भएको हुनाले म आफैं सम्झाउँदै बसेको छु ।’ सुजाताका श्रीमान्, एक छोरा र अष्ट्रेलियामा रहेकी छोरी पनि यतिबेला गहिरो शोकमा डुबेका छन्  ।

कविताको आश – भाइ सुरक्षित पो छ कि !

शव खोज्नेको भीडमा भेटिइन्, चितवन पर्साकी कविता बानियाँ । १९ वर्षीय भाइ राजन कार्की तीन दिनदेखि बेपत्ता छन् ।

उनी काठमाडौंबाट रसुवास्थित टिमुरे भन्सारामा गाडी लिएर यात्रु लिन गएका थिए । घटनाको अघिल्लो दिन राति साढे १० बजे राजनले दाइसँग कुरा गरेका थिए । उनले भनेका थिए, ‘हामी नाका आइपुग्यौं, भोलि मान्छे लिएर काठमाडौं फर्कन्छौँ ।’ यो अन्तिम संवादपछि राजनसँग कसैको छैन ।

उनको साथमा काठमाडौंबाट गएका ५ जना र दोलखाका २५–३० जना अन्य यात्रु पनि थिए । तर भोलिपल्ट बिहानैदेखि उनीहरूसँगको सम्पूर्ण सम्पर्क टुटेको छ । ‘मलाई त भाइ त्यहाँ गएको पनि थाहा थिएन । बाढी गएको दिन राति साढे ७ बजेतिर बल्ल भाइ सम्पर्कमै छैन भन्ने खबर पाएँ ।’

शवगृहको डिस्प्लेमा भाइको अनुहार देखिएको छैन । त्यसैले  कवितालाई भाइ कतै सुरक्षित छ कि भन्ने आश छ । ‘मलाई अझै पनि आशा छ कि मेरो भाइ त्यस्तो बाढीमा परेको छैन होला । ऊ कतै पाखा लागेर सुरक्षित बसेको होला’, उनले आशावादी हुँदै थपिन्, ‘यत्तिका दिनसम्म कन्ट्याक्ट नहुँदा कता–कता निराश पनि छु।’ राजनको स्थायी घर दोलखाको मेलुङ गाउँपालिका–५ हो ।

चितवनको अस्थायी पहिचान केन्द्रमा भेटिएका राजेन्द्र र कविता प्रतिनिधि पात्रमात्र हुन् । यहाँ आउने हरेकको आँखामा आफ्ना मान्छे गुमाउनुको असह्य पीडा प्रष्ट देखिन्छ । चाडपर्वको उज्यालोमा रमाउनुपर्ने बेला बिनासकारी बाढीको कारण देश शोकमा डुबेको छ । बाढीले भौतिक संरचना मात्र बगाएको छैन, चाडपर्वको समय सुरु हुँदै गर्दा कयौं परिवार घरबारविहीन बनेका छन्, हजारौँले प्रियजन गुमाएका छन्, हजारौँको ओठको हाँसो र खुसी जीवनभरका लागि बाढीसँगै बगेको छ ।

रसुवा बाढीमा परेकाको शव नारायणी हुँदै भारतसम्म पुगेको छ । नारायणीको चितवन क्षेत्रमा भेटिएका शव बिहीबारदेखि अस्थायी चिस्यान केन्द्र बनाएर संकलन गरिएको छ । पहिचान भएका शव परिवारको जिम्मा लगाइएको छ । चितवनमा हालसम्म २ सय २२ वटा शव भेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो

यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले...
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...