नेभिगेशन
समाज

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

काठमाडौँ । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बूढीगण्डकी नदीको बाढीले बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

Marvel

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैबीच, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।
चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।