नेभिगेशन
समाज

चक्रवात ‘अर्नब’को प्रभावले यी स्थानमा भारी वर्षा हुने, कहिले होला सुधार ?

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

Marvel

आज दिउँसो सबै प्रदेशमा बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा भने हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ ।

आज राति पनि देशभर बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ । त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन पनि अनुरोध गरिएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक किनारमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को प्रभाव भोलि अपराह्नदेखि क्रमशः कमजोर हुँदै जानेछ । त्यससँगै मौसममा पनि क्रमिक सुधार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।